श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Thursday, 9 July 2009

माओवादीको केन्द्रीय समिति 'भद्रगोल'

किरण पुन, काठमाडौं, असार २५- संविधानसभामा सबभन्दा ठूलो दल एकीकृत माओवादीले 'जम्बो' केन्द्रीय समितिलाई 'राष्ट्रिय परिषद्' बनाउने भएको छ। बुधबारदेखि कोटेश्वरस्थित पेरिसडाँडामा सुरु भएको केन्द्रीय समितिको बैठकले केन्द्रीय समिति ठूलो भएकोले चुस्त र दुरुस्त बनाउन सानो बनाउने भएको हो। नेकपा एकताकेन्द्र मसालसहित अन्य ससाना वाम घटकसँग एकतापछि समितिको संख्या ह्वात्तै बढाएको हो।
गत पुसको अन्तिम सातामा एकताकेन्द्र मसालसित एकता गरेर एकीकृत नेकपा माओवादी नामाकरणपछि केन्द्रीय समिति १३८ सदस्यीय बनेको थियो। कथमकदाचित बैठकले यसको जिम्मा महाधिवेशनलाई नै दियो भने समितिको संख्या यो भन्दा पनि बढ्ने छ।
१३८ सदस्यीय माओवादी केन्द्रीय समितिमा मातृकाप्रसाद यादवले पार्टी छाडेर नेकपा माओवादी पुनर्गठन गरेपछि अहिले १३७ जना मात्र छन्।
यसअघि ३५ केन्द्रीय समिति रहेको पूर्व माओवादी र एकताकेन्द्र मसालबीच एकता भएपछि उसले चुनबाङ बैठकअघिको ९५ सदस्यीय केन्द्रीय समितिलाई ब्युँताएको थियो। माओवादीले त्यसअघि रहेको ३५ सदस्यीय पोलिट्ब्युरोलाई केन्द्रीय समिति बनाएको थियो बाँकी एक तह घटुवा भएका थिए।
एकतापछि बसेको पहिलो केन्द्रीय समितिको बैठकले १७५ सदस्यीय बनाउने निर्णय गरिसकेको छ। जम्बो केन्द्रीय समिति बनेपछि बसेको यो दोस्रो बैठक हो।
'समितिलाई चुस्तदुरुस्त बनाउनु पर्छ भन्ने कुरा आएको छ। महाधिवेशनकै जिम्मा लगाए मात्र यसअघिको निर्णय लागू गर्न सकिन्छ। यो त भद्रगोल नै भयो,' एक पोलिटब्युरो सदस्यले नागरिकसित भने, 'केन्द्रीय समितिले यसलाई घटाउन र बढाउन सक्ने अधिकार छ।' माओवादीले सबै बाम शक्तिसँग एकताको पहल गरी एउटै कम्युनिष्ट केन्द्र बनाउने भनी विभिन्न दलबाट एकता गर्न आऊन् भनेर 'जाल' थापेको थियो। अन्य वाम घटकसँग एकता गरेर १७५ बनाए ३८ सिट अझै बाँकी छ।
तर, बढाउने सम्भावना भने न्यून रहेको नेताहरुले बताए। एकतापछि राज्य समिति, जिल्ला समिति सबै अनवाश्यक संख्या बढेको र भद्रगोल भएको गुनासो सुनिँदै आएको छ।
केन्द्रीय समिति जम्बो बनेपछि छलफल गर्नका लागि १४ समूहमा बाँडिएको छ जसमध्ये १३ वटा राज्य समितिका १३ समूह छ भने एक थप नरबहादुर कर्माचार्यलगायतका वरिष्ठ सल्लाहकारहरुको समूह छ। राज्य समितिका समूहलाई राज्य समितिका सचिवले समन्वय गर्ने छन्। एउटा समूहमा ८ देखि १६ जना केन्द्रीय सदस्य छन्।
'दस्तावेज बिहीबार सकेर पर्सिदेखि छलफल गर्ने कुरा भएको छ,' एक सचिवालय सदस्यले भने। बैठकको सुरुवातमै अध्यक्ष पुष्पकमल दाहालले वर्तमान परिस्थिति र सर्वहारा वर्गको कार्यभार शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए। एक साताअघि सम्पन्न पोलिट्ब्युरो बैठकले टुंगो लगाउन नसकेपछि परिमार्जनसहित प्रतिवेदन केन्द्रीय समितिमा पेश गरिएको हो। प्रतिवेदन 'पोलिट्ब्युरोमा उठाइएका सुझावलाई समेटेर समृद्ध बनाइएको' संस्थापन पक्षको प्रतिक्रिया छ भने मोहन बैद्य पक्षको 'अझै अपूरो रहेको र अझै परिमार्जन गर्नुपर्ने।'
यसअघि नेपाली कम्युनिष्ट आन्दोलनको लामो व्याख्या गरिएको थियो। त्यसलाई छोट्याइएको छ। यसैगरी संयुक्त राष्ट्रिय सरकार कसरी बनाउने भन्ने बारेमा पनि यसलाई मूर्तरुप दिइएको छ। यसअघि कसरी बनाउने भन्ने बारेमा स्पष्ट थिएन।
'यसपालि संयुक्त राष्टिय सरकार संविधानसभाभित्रकै देशभक्त र वामपन्थीबीच हुनुपर्छ। यदि संविधानसभा र शान्तिप्रक्रियालाई नै असर पार्ने गरी स्थिति पर जान थाल्यो भने त्यसबाहिर रहेका गणतन्त्रवादी, देशभक्त र वामपन्थीसँग मिलेर बनाउनुपर्छ भन्ने स्पष्ट गरिएको छ,' एक पोलिट्व्युरो सदस्यले भने।
सेना समायोजन नयाँ संविधान निर्माणप्रक्रियासँगसागै गराउने उल्लेख छ। गत मंसिरमा सम्पन्न खरिपाटी राष्ट्रिय कार्यकर्ता भेला नै यस्तो निर्णय गरिसकेको थियो। तर, अध्यक्ष दाहाल प्रधानमन्त्री र सेना समायोजन विशेष समितिको संयोजक रहेको समितिले ६ महिनाभित्रै समायोनजन गर्ने निर्णय गरेको थियो। सरकार परिवर्तनपछि समिति र त्यसलाई सघाउने प्राविधिक समिति निश्त्रिmयप्रायः छ।
बैठकले माओवादीको महाधिबेसनको मिति पनि तोक्ने छ। संस्थापन पक्ष महाधिबेसन गर्ने पक्षमा छैन भने मोहन बैद्य समूह भने महाधिबेसन छिटै गर्नुपर्ने पक्षमा छ। यसैरी, यस बैठकले नेताहरुको जिम्मेवारी पनि हेरफेर गर्ने छ। एक सचिवालय सदस्यका अनुसार बैठकले नेताहरुको कार्यविभाजन, आचार संहिता, आर्थिक हिसाबकिताब र जनवर्गीय संगठनहरुका बारेमा तय गर्ने छ।
शान्तिप्रक्रियामा आएपछि पूर्णकालीन कार्यकर्ताको संरक्षण हुन नसकेको, नेताहरु नातावाद कृपावादमा फसेको, बिलासी जीवनयापन गरेको, सहिद परिवार र बेपत्ता परिवारलाई भुलेको जस्ता कुरा तल्लो तहबाट कुरा उठाइदैआएको छ। त्यसकारण बैठकले आचार सहिता र अनुशासनका बारेमा पनि कडा नियम बनाउन आवाज उठाइने एक केन्द्रीय सदस्यले बताए।
'युद्धकालमा कार्यकर्तालाई ल्याए तर शान्तिकाल आएपछि स्टाफको रुपमा आफ्ना छोरा, छोरी, ज्वाईलाई ल्याइयो,' एक केन्द्रीय सदस्यले भने, 'यसलाई रोकेर कार्यकर्ता र जनताको भावनाको कदर गर्नुपर्छ।'
बुधबार नै माओवादी केन्द्रीय कार्यालय 'भाडामा रहेको बुद्धनगरबाट कोटेश्वरस्थित पेरिसडाँडामा रहेको आफ्नै घरमा सरेको छ। बुधबारदेखि सुरु हुने केन्द्रीय समिति बैठक थालनीहुनुअघि अध्यक्ष पुष्पकमल दाहालले रिबन काटी उद्घाटन गरे। माओवादीको भातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले ३ करोडमा किनेको थियो। उक्त भवन वाणिज्य बैंकले लिलाम गरेको थियो। यसअघि उक्त भवनमा माओवादीका भातृ संगठनका कार्यालय थिए।
बैठकमा सहभागी केन्द्रीय सदस्य र सल्लाहकारलाई चिन्नका लागि कार्ड बाँडिएको थियो। कार्ड लगाएर मात्र भित्र प्रवेश गर्न दिइएको थियो। कार्ड बाँड्न र व्यवस्थापनका लागि केन्द्रीय सदस्य एवं नेवा राज्य समिति सेक्रेटरी दीलिप प्रजापति खटिएका थिए।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika