१२ जुलाई २००९/२८ असार ०६६ का दिन प्रवासी नेपाली संघ भारत, बंगाल झारखण्ड संयुक्त राज्य समितिको आयोजनामा पश्चिम बंगालको राजधानी कोलकाताको सुप्रसिद्ध राष्ट्रिय पुस्तकालय नजिकै रहेको रामब्रम्ह सन्याल स्मृति सभागृहमा नेपाली भाषा साहित्यका स्रष्टाहस्ती एवं जन्मदाता आदिकवि भानुभक्त आचार्यको १९६ औ जन्म जयन्ति भव्य समारोहका बीच सम्पन्न भएको छ ।
भर जन्म घाँस तिर मनदिइ धन कमायो ।
नाम क्यै रहोर पछी भनेर कुवा खनायो ।।
घाँसी दरिद्र घरको तर !
बुदि कस्तो ।
म भानु भक्त धनि भै कन आज यस्तो ।।
कवि भानुभक्तका सूक्ति उद्घोषका साथ सम्पन्न सो समारोहमा आमन्त्रित अतिथिहरु संघका केन्द्रिय अध्यक्ष खेमचन्द्र ढकाल, नेपाली महावाणिज्य दुतावासका महावाणिज्यदूत सुरेशमान श्रेष्ठ, बंगाल नेपाल चेम्बर अफ कर्मसका सचिव प्रणय पोदार, कोलकाता संगीतसागरका सचिव सुश्री डालिया रायलगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको गरिमामय उपस्थिति रहेको थियो ।
आदिकविको तस्वीरमा माल्यार्पणपछि समुद्घाटित समारोहको अध्यक्षता कार्यक्रमका संयोजक रामायणप्रसाद धमलाले गर्नु भयो भने उद्घोषण खडगजंग गुरुङ्गले र सहभागीहरुलाई मन्तव्यमार्फत स्वागत अभिनन्दन
गर्नु भएको थियो ।
कविको संक्षिप्त जीवनीबारे दुर्गाप्रसाद सापकोटा र साहित्य संस्कृतिको महत्व र कार्यक्रको औचित्यबारे नारायणप्रसाद होमागाइले प्रकाश पार्नु भएको थियो । अतिथिहरुबाट साहित्य र सँस्कृतिको महत्व, नेपाल-भारतबीचको सम्बन्ध-सम्पर्क, प्रवासी नेपालीहरुले समाज र राष्ट्रको उन्नति प्रगतिको लागि गरेको योगदान र भावी दिनहरुमा खेल्नुपर्ने भूमिकाबारे सविस्तार चर्चा गर्नु भएको थियो ।
संघको बंगाल झारखण्ड संयुक्त राज्यका प्रमुख सल्लाहकार रामायणप्रसाद धमलाको संयोजकत्वमा २ महिना अगाडि गठीत ४१ सदस्यीय भानु जयन्ति महोत्सव आयोजक समिति निर्माण गरी प्रचार-प्रसारसहित यसको तयारी भैरहेको थियो । यसै अवसरमा कोलकता र वरीपरी बसोबास गर्दै आइरहेका नेपाली विद्यार्थीहरु बीच समूह निर्माण गरी विभिन्न रचनात्मक विषयहरुमा चरण-चरणमा हाजिरीजवाफ प्रतियोगिता गराइएको थियो । उक्त कार्यक्रमा सहभागी हुने विद्यार्थीहरुलाई कदरपत्र प्रथम, द्धितिय, तृतीय हुनेलाई पुरस्कार नगद पुरस्कार समेत यस समारोहको मञ्चवाट प्रदान गरी विद्यार्थीहरुलाई उत्साहित गर्ने र नेपालको प्रगतिवादीधारको सामाजिक लडाई र नेपाली साहित्यबारे चासो जगाउने काममा प्रोत्साहित गर्ने काम भएको थियो । कार्यक्रमको अन्त्यमा सृजना जनसाँस्कृतिक मञ्च र मञ्चका कलाकर्मीहरुले विभिन्न भाषामा साँस्कृतिक झाकीहरु प्रस्तुत गरेको थिए ।

0 comments:
Post a Comment