श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Friday, 24 July 2009

टेलिभिजन समाचार प्रस्तोताका मिश्रित अनुभव



मानिस सधैं आफ्नो पहिचानको खोजीमा हुन्छ । आफूले अँगालेको पेसाबाट समाजमा चिनिन चाहन्छ । समाजसँग व्यक्ति विशेषको पहिचान उसले अपनाएको पेसाअनुसार नै निर्धारण हुन्छ । त्यसैले होला, समाजसँग प्रत्यक्ष जोडिने पेसाप्रति मानिसको आकर्षण बढी देखिन्छ । मानिस त्यस्तो पेसाको खोजीमा हुन्छ जसले समाजमा इज्जत, मान-प्रतिष्ठा र पैसा कमाउन सकियोस् । तिनै सम्मानजनक रुपमा हेरिने पेसामध्येमै पर्छ, पत्रकारिता । किनकि पत्रकारिता आमजनताको सूचनाको हकसँग सम्बन्धित पेसा हो । सञ्चार क्षेत्रलाई राज्यको चौथो अङ्गका रुपमा समेत लिने गरिन्छ । नेपालमा पनि मिडिया क्षेत्रमा नयाँ पुस्ताको आकर्षण बढ्दो छ । नयाँ पुस्ताले रुचाउने पेसा भएकाले तन्नेरी डटकम मासिकले यसपल्ट टेलिभिजनका समाचार प्रस्तोता (न्युज एङ्कर) हरुको अनुभव साटासाटको कार्यक्रम आयोजना गर्यो ।
टेलिभिजनको प्रवेशसँगै नेपाली सञ्चार जगत्मा पनि नयाँ तरङ्ग फैलिएको छ । आमजनता सूचना पाउने अधिकारबाट सुसूचित हुँदै गएका छन्, जसमा टेलिभिजनको भूमिकालाई मुख्य मान्न सकिन्छ । टेलिभिजन भन्नेबित्तिकै हाम्रा आँखाअगाडि विभिन्न प्रकारका दृश्यहरु नाच्न थाल्छन् । टेलिभिजनमा देखिने दृश्यमध्ये हामीले उठाउन खोजेको प्रसङ्ग न्युज एङ्करको मात्रै हो ।
टेलिभिजनलाई सामूहिक कार्यको प्रतिफल मानिन्छ । टेलिभिजनमा एक्लैले केही पनि गर्न सकिँदैन । न्युज एङ्करले समाचार वाचन गर्नु अगाडिसम्म समाचार तयार गर्नका लागि धेरैले मिहिनेत र योगदान दिएका हुन्छन् । सामान्यतः कुनै पनि समाचार रिपोर्टर, क्यामरामेन, भिडियो एडिटर, न्युज प्रोड्युसर हुँदै न्युज एङ्करसम्म आइपुग्छ । हामीले देख्दा एङ्करलाई टेलिभिजनको स्क्रिनमा देख्छौँ र उनीहरुले गरेको कामप्रति हामी मोहित हुन्छौँ । हामीलाई पनि आत्मविश्वास हुन्छ कि, टेलिभिजनमा सजिलै समाचार पढ्न सकिन्छ । नसकिने कुरा त केही पनि छैन, तर त्यसभित्रका अवसर र चुनौतीका बारेमा पनि जानकारी राख्नु उत्तिकै आवश्यक छ ।
'मलाई नर्सिङ पढ्ने रहर थियो, तर बुबाले पत्रकारिता पढाउन जोड गर्नुभयो,' कान्तिपुर टेलिभिजनकी न्युज एङ्कर सिम्रिका शर्माले आफ्नो विगत कोट्याइन्, 'म त टेलिभिजनमा समाचार आउँदा च्यानल नै चेन्ज गरिदिन्थेँ । आमसञ्चारमै १२ कक्षा पढ्दासम्म मलाई पत्रकारितातर्फ कुनै आकर्षण थिएन ।' सिम्रिकाले न्युज एङ्कर हुन्छु भन्नेसमेत सोचेकी थिइनन् । तर, १२ कक्षा सकेपछि उनले काठमाडौँ पोस्टमा छापिएको विज्ञापन हेरेर कान्तिपुर टेलिभिजनमा न्युज एङ्करका लागि एप्लिकेसन दिइन् । 'तीनचोटिको छनौट प्रक्रियापछि म कान्तिपुर टेलिभिजनमा समाचार प्रस्तोताका रुपमा छानिएँ,' सिम्रिकाले आफ्नो कान्तिपुर प्रवेशको कथा सुनाइन्, 'म अङ्ग्रेजीमा समाचार पढ्न चाहन्थेँ, तर मलाई नेपाली समाचार पढ्ने जिम्मा दिइयो । मैले पनि आफूले पाएको जिम्मेवारीलाई कुशलताका साथ पूरा गरिरहेकी छु जस्तो लाग्छ ।' सिम्रिका अहिले आफ्नो कामबाट जति सन्तुष्ट छिन् त्यति नै भविष्यप्रति सशङ्कित पनि, 'अहिले त म आफ्नो कामप्रति सन्तुष्ट नै छु, तर, मेरो लक्ष्य के हो भन्नेमै म अलमलिएको छु,' उनले भविष्यप्रति सङ्केत गरिन्, 'न्युज एङ्करिङ गरेर म माथि बढ्ने ठाउँ नै देख्दिनँ । पत्रकारिताको विद्यार्थी भएकाले मलाई रिपोर्टिङमा जाने रहर छ, तर त्यो वातावरण चैँ मिलेको छैन ।'
एभिन्युज टेलिभिजनका न्युज एङकर सुनिल कोइराला समाचार पढ्नुलाई जागिरका रुपमा हेर्छन्, 'म आफूलाई दिएको जिम्मेवारी हरेक दिन पूरा गरिरहेको छु, यो जागिर सिवाय अरु केही होइन ।' उनी न्युज एङ्करिङबाट सोचेजस्तो सफलता हात पार्न नसकेको स्वीकार्छन्, 'म आफूलाई पत्रकार हुँ भन्न पनि सक्दिन, मेरो काम समाचार पढ्ने हो, म त्यो पूरा गरिरहेको छु । त्योभन्दा बढी मैले केही गरेजस्तो लाग्दैन । तर हरेक दिन नयाँ चुनौती थपिएको महसुस भने हुन्छ ।'
समाचार प्रस्तोता हुँदा धेरैले चिने पनि आममानिसले सोचेजस्तो आर्थिक उपार्जन गर्न भने नसकिने पत्रकार कमल कुमारको धारणा छ । हाल नागरिक दैनिकमा कार्यरत कमलले कान्तिपुर टेलिभिजनमा खेल समाचार पढ्दाताकाको अनुभव सुनाए, 'समाचार पढ्छ भन्ने चिन्नेले कतै लाइनमा बस्नुपर्ने काम पर्यो भने अगाडि जान ठाउँ छोडिदिन्थे, त्यतिबेला चैँ खुसी लाग्थ्यो, तर न्युज एङ्करको लाइफ स्टाइलप्रति अरुको जुन एक्सपेक्टेसन हुन्छ, त्यो एकरत्ति पनि पूरा गर्न सकिँदैन । सामान्य तलबमा जागिर खानुबाहेक हामीले कुनै उपलब्धि हाँसिल गर्न सकेका छैनौँ ।'
'अँध्यारो नहुँदो हो त हामीले उज्यालोको महसुस गर्न नै कहाँ पाउँछौँ र ?' आफ्नो कामबाट आशावादी देखिएका एभेन्युज टेलिभिजनका पत्रकार एवं समाचार प्रस्तोता प्रेम बानियाँले हौसला भरे, 'हामी अहिले जुन स्थितिमा छौँ, त्यो साँच्चै नै चित्त बुझ्दो छैन, तर म यही अँध्यारोको बीचमा उज्ज्वल भविष्य देखिरहेको छु ।' प्रेम आफ्नो कामलाई जागिर मात्र ठान्दैनन्, 'हामी पत्रकारिता गर्र्छौं, आमजनताका समस्या खोतल्छौँ, त्यसको समाधान खोज्नतर्फ लाग्छौँ, हामी एकदुई जनाले गरेको कामबाट हजारौँले सहज अनुभव गर्छन् भने मात्र हामी सफल हुन्छौँ ।' गाउँकै चौतारीको पिपलको बोटमा छापिने हस्तलिखित पत्रिकामा पहिलोचोटि कविता छापिएको थाह पाएपछि आमा खुसी भएको क्षण सम्झँदै प्रेमले भने, 'भित्ते पत्रिकामा नाम देखेपछि आमा खुसी भएको क्षणले नै मलाई पत्रकारितातर्फलाग्न प्रेरणा दिइरह्यो । नाम छापिनु ठूलो कुरा रहेछ भन्ने लाग्यो । मैले कसरी अगाडि बढ्न सकिन्छ भनेर हरदम सोचिरहेँ । आज म जुन ठाउँमा छु, त्यसबाट म सन्तुष्ट छु । आर्थिक रुपमा हेर्ने हो भने, यस पेसाबाट प्रशस्त पैसा कमाउन सकिने अवस्था छैन, तर आत्तिइहाल्नुपर्ने अवस्था पनि म देख्दिनँ ।'
नेपालमा निजी टेलिभिजनको इतिहास डेढ दशक लामो पनि छैन । भर्खरै मात्रै टेलिभिजन च्यानलहरुको सङ्ख्या बढ्दै छ । एसै पनि लगानी गरेर टेलिभिजन च्यानल सञ्चालन गर्नेहरु नाफा चाहन्छन् । त्यसमाथि लोडसेडिङको मारले खर्च घटाउनुलाई सञ्चालकहरुले बाध्यता भने पनि अवसरका रुपमा प्रयोग गरे । लोडसेडिङको कारण देखाउँदै नेपालका निजी टेलिभिजन सञ्चालकहरुले टेलिभिजनमा संकटकाल घोषणा गरेर केही समय प्रसारणसमेत बन्द गरे । केही टेलिभिजन च्यानलले यही बाहनामा सञ्चारकर्मी, प्राविधिक र कर्मचारीलाई अवकास दिए । यस्तो जटिल स्थितिबाट गुज्रिरहेका टेलिभिजन च्यानलहरुले हामीले चाहेजस्तो मूल्य दिएर हाम्रो श्रम किन्न सक्ने अवस्था छैन । तर, निजी टेलिभिजनहरुले छोटो समयमै जुन उचाइ प्राप्त गर्दै गइरहेका छन्, त्यसबाट आशावादी भने हुन सकिन्छ ।
कान्तिपुर टेलिभिजनका न्युज एङ्कर रुपेश श्रेष्ठलाई कान्तिपुरमा आउनुअघि लाग्थ्यो, कान्तिपुरमा जागिर खाइयो भने ५-६ वर्षमा नै कार चढेर हिँड्न सकिएला । 'तर, कल्पना र यथार्थमा धेरै फरक हुँदो रहेछ,' रुपेशले आफ्नो अनुभव सुनाए, '११ कक्षा पढ्दादेखि मैले क्लासिक एफएममा समाचार पढ्न थालेँ । कान्तिपुर आएको दुई वर्ष बितिसक्यो । मैले पहिला जे सपना देख्थेँ, त्यो पूरा हुन गाह्रो छ । तर, मलाई मेरो पेसाप्रति कुनै गुनासो भने छैन ।' रुपेशलाई लाग्छ, सञ्चार क्षेत्रमा काम गर्नेहरुलाई सञ्चारसँग सम्बन्धित केही सुविधा राज्यले पनि उपलब्ध गराओस् । श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन नै हुन नसकिरहेको अवस्थामा रुपेशले सोचेजस्तो राज्यले केही गर्ला भन्नु पनि तत्काललाई कल्पना नै हो ।
न्युज एङ्करकै रुपमा काम गर्नुपर्दा भित्रि गुनासाहरु टेलिभिजन च्यानलअनुसार नै फरकफरक आउँदा हुन् । कतिपय टेलिभिजन च्यानल व्यावसायिक हुन सकेका छैनन् । च्यानल थपिने क्रम बढ्दो छ । जति टेलिभिजन खुले पनि व्यावसायिक हुन सकेनन् भने त्यहाँ काम गर्नेको हित हुनसक्छ भनेर सोच्न पनि सकिँदैन । तर, प्रतिस्पर्धाले नयाँ अवसर भने पक्कै जन्माउँछ ।
२०६२ सालतिर एसएलसी दिएपछि उद्घोषणको तालिम लिएकी रमा लामिछानेले टेलिभिजनमा समाचार पढ्ने अवसर आउला भन्ने सोचेकी पनि थिइनन् । 'मलाई एफएममा बालबालिकासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने रहर थियो तर चितवनको सिजर्नी एफएममा समाचार पढ्ने मौका मिल्यो । म समाचार पढ्थेँ, तर समाचारबारे केही थाहै हुँदैनथ्यो, मात्र पढ्थेँ । सिनर्जी र गोर्खा एफएम हुँदै म एबीसी टेलिभिजनसम्म आइपुगेँ ।' पत्रकारिता अध्ययनमा व्यस्त रमा अहिले भने एबीसीबाट बाहिरिसकेकी छन् । अझै नेपाली टेलिभिजन जगतमा ढुक्क भएर काम गर्ने वातावरण बन्न नसकेको गुनासो छ रमाको ।
२०६० सालमा रेयुकाईले दिएको पत्रकारिता तालिमबाट गुल्मीका गोकुल श्रेष्ठ यो पेसातर्फ तानिए । उनी पहिला प्रिन्ट मिडियाप्रति रुचि राख्थेँ । गोकुलले आफ्नो पत्रकारिताको प्रारम्भिक समय गुल्मी र बुटवलमा बसेर साप्ताहिक पत्रिकामा खर्च गरे । 'बुटवल सानो लाग्न थालेपछि म अवसरको खोजीमा काठमाडौँ आइपुगेँ । काठमाडौँ त एउटा सागर नै हो, डुबिने हो या तैरिने केही टुङ्गो थिएन,' गोकुलले आफ्नो विगत कोट्याए । तर कामप्रति समर्पित भएर निरन्तर लागिपर्ने हो भने, स्थापित हुन सकिन्छ भन्ने प्रमाण हुन् गोकुल । अहिले गोकुल सगरमाथा टेलिभिजनमा रिपोर्टिङ, न्यूज एङ्करिङ र टक सोसमेत चलाउँछन् । 'म यो पेसाप्रति विश्वस्त छु, तर ढुक्क हुन सक्ने अवस्था आएको छैन,' गोकुलले आफ्नो पेसाप्रति देखिएको अस्थिरतातर्फ सङ्केत गरे ।
नेपालमा पत्रकारिताको अध्ययन हुन थालेकै पनि धेरै भएको छैन । त्यसैले सञ्चारकर्मीका रुपमा काम गर्नेहरु पत्रकारिता अध्ययन नै नगरी आएका पनि प्रसस्त छन् । पछिल्लो समयमा मात्र आम सञ्चार अध्ययन गर्ने विद्यार्थी बढ्दै गएका हुन् । जहाँ जसरी अवसर भेट्यो त्यसलाई 'फेस' गर्ने नेपाली परम्परा नै बनिसकेको छ । सगरमाथा टेलिभिजनकी समाचार प्रस्तोता कल्पना भण्डारी एमबीबीएस गर्ने सपना बुनेर अस्कलमा आईएस्सी पढ्न थालेकी थिइन् । उनले त्रि-चन्द्रमा बीएस्सी पढ्दा पढ्दै पाँच सय रुपैयाँ तिरेर लिएको उद्घोषण तालिमले उनलाई टेलिभिजनमा कार्यक्रम चलाउने र समाचार पढ्नेतर्फ आकषिर्त गर्यो । उनको अध्ययन र उनको रुचिमा अकास-पतालको फरक देखापर्यो । उनले सगरमाथामा न्युज एङ्करका लागि आवेदन दिइन् र छनौट पनि भइन् । 'म समाचार पनि पढ्छु र कहिलकाँही रिपोर्टिङ गर्छु म अहिले रिपोर्टिङतिर बढी इन्ट्रेस्टेड छु,' कल्पनाले आफ्नो रुचि सुनाइन् ।
हुन त मान्छेको स्वभाव नै नयाँ कुरा खोज्नेतर्फ केन्द्रित हुन्छ । एकै ठाउँमा अडिएर बस्ने प्रवृत्ति मान्छेमा हुँदैन । मान्छे हरदम आफ्नो रुचिअनुसारको कामको खोजीमा हुन्छ । अङ्ग्रेजीमा एमए गरेर अध्यापन गरिरहेका नुवाकोटका सुशील पाण्डेले एबीसी टेलिभिजनमा अङ्ग्रेजी समाचार प्रस्तोताका लागि आवेदन दिए । एबीसीले उनलाई छनौट गर्यो । अहिले उनी अङ्ग्रेजी समाचार पढ्ने र सम्पादनको काम गर्छन् । 'जुन उत्साहका साथ म टेलिभिजनमा प्रवेश गरेँ, अहिले त्यो हराउँदै गएको छ । अध्यापनतर्फ फर्किने कि यही पेसामा अल्झिने दोसाँधमा छु । मैले न्युज एङ्करिङको काम रहरले अपनाएँ तर भविष्य देखेको छैन,' सुशीलले आफ्नो अनुभव सुनाए ।
निजी क्षेत्रमा जुन निरासा हुन्छ, सरकारी क्षेत्रमा त्यो कमै हुन्छ । सरकारी क्षेत्रमा काम गर्नेहरुको कम्तीमा पनि जागिरको सुरक्षा हुन्छ । तर, काम नगरी कतै पनि स्थापित हुन सकिँदैन । मान्छे कुनै पनि पेसामा टिक्नु भनेको उसको क्षमतामै निर्भर रहन्छ । नेपाल टेलिभिजनका समाचार प्रस्तोता निराजन खनाल आफ्नो कामबाट सन्तुष्ट छन् । क्षमता छ र मिहिनेत गर्न सक्यो भने जहाँ पनि आफ्नो प्रभाव छाड्न सकिन्छ भन्ने मान्यता राख्छन् निराजन । उनले आफ्नो टेलिभिजन प्रवेशको प्रसङ्ग निकाले, 'नेपाल टेलिभिजन आउनुभन्दा अगाडि म दाङको स्वर्गद्वारी एफएममा काम गर्थें । एनटीभी मेट्रोका लागि विज्ञापन खुलेपछि म काठमाडौँ आएँ । मेरो काठमाडौँ प्रवेश सार्थक भयो, म एनटीभी मेट्रोमा छानिएँ ।' दुई वर्षेदेखि नेपाल टेलिभिजनमा समाचार वाचन गरिरहेका निराजन रिपोर्टिङमा पनि उत्तिकै खट्छन् । 'नेपाल टेलिभिजनमा जागिरमात्र खाएर बस्नेहरु छन्, जागिर मात्र खाने सोच हो भने त केही भन्न सकिन्न, तर आफ्नो क्षमता देखाउनका लागि मिहिनेत गर्नु जरुरी छ, म सक्दो मिहिनेत गरिरहेको छु । मलाई आफ्नो पेसाप्रति कुनै गुनासो छैन ।'
हरेक क्षेत्रमा सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । जसले पनि आफ्नो अनुभव अनुसारकै व्याख्या गर्ने हो । तर, कुनै पनि पेसामा प्रवेश गर्नका लागि आफुनो रुचिलाई मात्र आधार बनाउनु हुँदैन । त्यस पेसामा प्रवेश गर्न आवश्यक दक्षता हासिल गर्नैपर्छ । न्युज एङ्करिङ देख्नमा जति सजिलो र आकर्षण छ, त्यतिकै चुनौतीपूर्ण छ । अहिलेसम्म जो जसरी यो पेसामा प्रवेश गरे पनि, अबको पुस्तालाई पत्रकारिता अध्ययन नगरी यो क्षेत्रमा प्रवेश गर्न गाह्रो छ । विषयगत अध्ययनसँगै देश-विदेशका परिघटनाहरुसँग पनि उत्तिकै अद्यावधिक हुनुपर्ने हुन्छ । टेलिभिजनमा पढिने समाचार प्रत्यक्ष र संवेदनशील हुनाले उच्चरण र शैलीलाई पनि उत्तिकै ध्यान दिनुपर्छ । नयाँ नयाँ टेलिभिजनको प्रवेशसँगै प्रतिस्पर्धा पनि बढ्दो छ । यो भीडमा आफ्नो छुट्टै पहिचान बनाउनु आफैँमा चुनौती हो । नेपाली टेलिभिजन जगतमा अहिले केही अप्ठ्यारो परिस्थिति देखिए पनि यसको भविष्य नै नभएको भने पक्कै होइन । बढ्दो टेलिभिजन च्यानलले नयाँ नयाँ अवसर जन्माइरहेका छन् । त्यो अवसर प्राप्त गर्नका लागि लगनशील, मिहिनेत र विषयगत दक्षताको खाँचो पर्दछ ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika