०३ जुलाई, २००९अजित देवकोटा ,कोपनहेगन डेनमार्कपढाई अनि खर्च धान्न काम । अध्ययनका लागि विदेशिने नेपालीहरुको दैनिक तालिका हो यो । अझ अंग्रेजी दोस्रो भाषा भएका यरोपेली देशमा अलि बढी नै सकस भोग्न बाध्य छन् विद्यार्थी । यस्तै सकसमा पनि डेनमार्कमा अध्ययनरत् विद्यार्थीहरु सामाजिक कार्यमा पनि अग्रसर भएका छन् ।एम एस डेनिश एसोसिएसन फर इन्टरनेशनल कर्पोरेसनले आयोजना गरेको घरदैलो रकम संकलन कार्यमा नेपाली विद्याथीहरु सहभागि भए । संस्थाले नेपालको अति पश्चिम क्षेत्रका पिछडिएका महिलाहरुको उत्थान र लोकतन्त्रको संस्थागत् विकासको लागि काम गर्छ । कार्यक्रममा करिब एक सयको संख्यामा विद्यार्थीहरुको सहभागिता थियो । कोपनहेगनको केही निश्चित क्षेत्रमा दिउँसो २ घण्टा भएको घरदैलोबाट नेपाली विद्यार्थीहरुले आठ हजार डेनिस क्रोनर संकलन गरे ।
देशको सामाजिक क्षेत्रको विकासको लागि विदेशिएका विद्यार्थीहरुको लगावलाई आयोजकहरुले उत्साहजनक रुपमा लिएका छन् । नेपाली विद्यार्थीहरुको यो सहयोगले संस्थालाई त्यहाँ अझै धेरै गर्न उत्साह मिलेको अधिवक्ता ह्यान्स फॆडरिक ड्यान्सवर्गले बताए ।नेपाल बाहेक अन्य केही अपि्रुकी देशमा समेत काम गर्दै आएको संस्थाले २।१ मिलियन क्रोनर सहायता रकम जम्मा गरेको छ । संकलित रकम मध्ये ४० प्रतिशत नेपाल जाने डेनमार्कमा अध्ययनरत् नेपाली विद्यार्थीहरुको संस्था नेपाल डेनमार्क विद्यार्थी नेटवर्क का अध्यक्ष राजन ओझाले बताए ।

0 comments:
Post a Comment