मोहन बानियाँकाठमाण्डौ स्थित बसुन्धारामा स्थापित बैदेसीक रोजगार एजेन्सी जबट्राक भन्ने मेनपावर बाट २ महिना पहिला प्रति ब्यक्ती १४० तिरेर २५० जना साउदी अरब रियाद स्थित सुलाईमा रहेको सेडर ग्रुप कम्पनिमाआएको मध्ये लुम्बिनी अघ्रखाची नर पानी गा.वि.स वाड. ६ राहादानी न. ४२४३०७७४ भएका यम बहादुर सार्कीको ६ / २००९ तारिकको दिन चर्को घाममा काम गर्दा गर्दै बेहोस भई लडे पछि कम्पनीले कुनै वास्ता नगरेको हुदा उहाँको मृत्यु भएको हो ।त्यसै गरि सेडर ग्रुप कम्पनी बाटै बंगाली हायस खम अब्दुल्ला हायरले ९२१ जनाको नेपाली भिसा एजेन्सी जबट्राकमा पठाएको थियो जसमध्ये २५० जनाआई सकेका छन भने बाँकी आउने क्रम जारी नै छ नेपाल बाट साउदी आउँदा करार पत्रमा ८ घण्टा डयुटी र ५०० रियाल तलब भनी हस्ताक्षर गराएको र कम्पनीमा आई सके पछि १० देखी १३ घण्टा सम्म चर्को घाममा नियमीत रुपमा काम गर्नु परेको पिडीत हरुले बताएका छन ।हामीले १० देखी १३ घण्टा काम गर्न सक्दैनौ भने पछि कम्पनीले १० घण्टा डयुटी गर नत्र भने ४०० रियाल मात्र तलब दिन्छु भनी डर त्रास देखाई रहेको पिडितहरुले जनाएका छन । यस सम्बन्धिमा नेपाली दुताबासमा सम्पर्क गर्दा दुताबासले जिम्मेवारी ब्यक्ती हुनुपर्छ भन्ने जवाफ आएपछि हामी निरासामा छौ नेपाली दुताबास नेपालीहरुको समस्यालाई समाधान गर्ने कि जिम्मेवारी ब्यक्ती खोज्ने पिडितहरुले आक्रोस पोखे हाम्रो समस्याको सुनुवाई भएन त्यसैले हामी मिडिया सम्म आई पुगेका हौ पिडितहरुले बताए ।यस बारेमा युवा बहस डट कम संवददाताले जबट्राकको डाईरेक्टर आशा लामाको फोन न. ००९७७ ९८४१२३२३२६ मा सम्र्पक गर्दा हामीले कामदार पठाई सके पछि कामदारको पनि केही दाइत्व हुन्छ साथै मृत्कको सम्र्पको लागी उपेन्द्र नेपालीलाई दुताबासमा पठाई सकेका छौ । हामीले भने जती सबैकुरा कम्पनीले दिईराखेको छ । त्यहाँ २ जना नेपालीले गर्दा यस्तो भएको हो ति नेपाली लाई कारर्वाही गर्न कम्पनीमा भनी सकेका छौ । पाठक बर्ग तपाई आफै बुझनु होस यो मेन पावरले के भन्दै छ फेरि नेपालीलाई कार्वाही गर्ने हामी पनि जिम्मेवार मेनपार कम्पनी हौ हामीले त्यतो कुनै पनि अलपत्र पार्ने किसिमको काम गदैर्नै आशा लामो भन्नु भयो ।यस विषयमा दुताबासका प्रथम सचिब खड्ग प्रसाद दाहाल संग कुरा गर्दा उहाँले हामीलाई केही जानकारी नपाएको बताउनु भयो । तपाई संग कुनै डकुमेन्ट छ भने हामीलाई दिनु होस हामी मेनपावर संग कुरा गर्छौ भन्नु भयो ।
केही समय यता यस्ता घटनाहरु साउदी अरबमा निकै घटेका छन फेरी पनि यस्ता घटना नघटला भन्न सकिन्न । त्यसैले नेपाली युवाहरु बिदेशी भुमीमा आएर मृत्यु वरण गर्न बाध्य र बिचल्लि पर्ने जेल पर्ने जस्ता घटनालॆ गर्दा नेपाली युवाहरु दिन प्रति दिन बिभिन्न झन धेरै समस्यामा फस्दै गईरहेका छन ।यस बारेमा नेपाल सरकार र बैदेशिक रोजगार संघ प्रति ध्यान जानु जरुरी छ ।
यस्तै रियाद दोलखा जिल्ला मिर्गे गा बि स वाड न . ४ का २४ बर्षीय चन्द्र बहादुर बस्नेत २०/०१/२००९ देखी साउदी फिउल कम्पनिमा काम गर्दै आएका थिए । मिती २६।०६।०९ मा काम गरिरहेको समयमा आगोलागि मा परि सक्त घाईते भएका बस्नेतलाई तत्काल उपचारको लागि साथीहरुको सहयोगमा सुमेसी हस्पिटल लगिएको थियो तर उपचारकै क्रममा मिती २८/०६/०९ मा मृत्यु भएको सम्बन्धित कम्पनि बाट जानकारी आएको र निजको शब नेपाल पठाउने प्रकृयाचालीएको एन।आर। एन ए आउदीका केन्द्रिय सदस्य तथा दोलखा जिल्ला बासी राम बहादुर बस्नेतले युवा बहस ड्ट कम साथै नेपाली साप्ताहिक लाई जानकारी गराउनु भयो ।
0 comments:
Post a Comment