श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Friday, 10 July 2009

...बरु कला क्षेत्र नै त्याग्छु



सुसना


सफल नायिका बन्ने लक्ष्यसहित कलक्षेत्रमा दिनरात लागि परेकी छिन्- सुसना । आफूलाई सबैका सामु चिनाउन अरु क्षेत्रभन्दा कमै संर्घष गरे पनि चर्चा बढी पाइने भएर कला क्षेत्र नै रोजेकी बताउँछिन्- सुसना अर्थात् सुसाना पचेङ कला क्षेत्रमा अगाडि बढ्नका लागि परिवारबाट नै विशेष साथ र सहयोग पाएको बताउने उनी आफूलाई परिवारको सहयोग र हौसलाले कलाक्षेत्रमा संर्घष गर्न सजिलो भइरहेको बताउँछिन् । कला क्षेत्रप्रति हेर्ने दृष्टिकाण सबको सकारात्मक नभएको बताउने सुसना कलाकक्षेत्रमा पुरुषको तुलनामा नारीलाई संर्घषगर्न कठिन भएको बताउँछिन् ।

विदेशमा जुनसुकै क्षेत्रमा पनि नारीलाई प्राथमिकता दिने भए पनि नेपाली परिवेशनमा त्यसो नभएर अलि सकारात्मक दृष्टिले नहेर्ने गरेको पाइन्छ भन्ने सुसना झनै कला क्षेत्रमा लाग्ने महिलाहरूका लागि हेर्ने दृष्टिकोण नकारात्मक रहेको बताउँछिन् ।

उनी भन्छिन्- महिला नराम्रो क्रियाकलापमा लागेको खण्डमा जुन क्षेत्रमा लागे पनि राम्रो हुँदैन । कला क्षेत्रमा लाग्नेको नराम्रो क्रियाकलाप अरु क्षेत्रमा भन्दा छिटो सबैले थाहा पाउने भएर पनि कला क्षेत्रलाई त्यति राम्रोसँग नहेरिने उनको तर्क छ ।

नायिका बनेर राष्ट्रियस्तरमा मात्रै हैन अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो नामका अतिरिक्त देशको कला संस्कृतिको पहिचान गराउने उद्देश्य लिएकी सुसना आफ्नो फेस सेन्टिमेन्टल भूमिकामा सुहाउने भएकाले त्यही भूमिका मनपर्ने बताउ छिन्, उनी ।

नेपाली कला क्षेत्रमा महिला कलाकार निर्माता निर्देशकको यौन शोषणमा पर्ने गरेको पटकपटक सामाचार माध्यमबाट सुन्दै आएको भए पनि आफू अहिलेसम्म त्यस्तोमा नपरेको बताउने उनी- नाम र दाम कमाउनका लागि कला क्षेत्रमा शारीरिक सम्झौता गर्नु गलत हो भन्छिन् । आफू नाम र दामको लागि शारीरिक सम्झौता पनि कहिल्यै नगर्ने बताने सुसना भन्छिन्, 'शारीरिक सम्झौताभन्दा कला क्षेत्र नै त्याग्छु । '

कलाकार हुनका लागि अभिनयलाई बुझ्नपर्छ र त्यसमा आवश्यक सबै विधाको ज्ञान हुन आवश्यक हुने बताउने उनी प्रशिक्षणपश्चात् मात्र यस क्षेत्रमा प्रवेश गरेको बताउँछिन् । उनी भन्छिन्, सानैदेखिको रुचि, विद्यालय जीवनमा नै डान्स गर्थे, सबैमा पुरस्कृत हुन्थे, सबैबाट राम्रो छ, कला क्षेत्रलाई नै अगाडि बढाउने प्रेरणा पाएपछि मात्र आफूलाई यस क्षेत्रमा लाग्न थप हौसला र सन्तुष्ट मिलेको उनी बताउँछिन् ।

जुनसुकै सुन्दर चिज जोगाउनु नै सबैभन्दा सुन्दरता हो भन्ने सुसना अंग प्रदर्शनलाई ग्ल्यामर त मान्छिन् तर सुन्दरता मान्दिनन् । उनी भन्छिन् नारीको सुन्दरता उसको शिलस्वभावमा हुन्छ । आफूले नायिकाको रुपमा अंगप्रदर्शन गर्नु परे पनि फेसन अनुसारभन्दा आवश्यकता र कथावस्तु अनुसार गर्ने बताउने सुसना अंग प्रदर्शनले चलचित्र चल्छ भन्नु भ्रम मात्र भएको बताउँछिन् । उनी भन्छिन्- चलचित्र चलनका लागि कथावस्तु अनुसार सबै चिज हुनुपर्‍यो, अंग प्रदर्शन क्षणिक हो । धैर्यता, आत्मविश्वास, लगनशीलताले सदावहार नायिका हुन सकिने बताउने उनी कला क्षेत्रभन्दा पनि मोडलिङका लागि घरपरिवारबाट प्रेसर भएको बताउँछन् ।

महिला कलाकार पारिश्रमिक हिसाबले अलि शोषित भएको बताउने सुसान त्यसको समाधानका लागि सबै महिला कलाकार एक भएर हक हितका लागि आवाज उठाउनु पर्ने बताउँछिन् । आफनो शरीरको सबैभन्दा सुन्दर अंग ओठ र आँखा रहेको बताउने सुसना आफूलाई चलचित्रका अफर आइरहेको भएपनि कथावस्तु र कलाकार मन परेको कारण नखेलेका बताउँछिन् । नेपाली चलचित्र क्षेत्रमा राजेश हमालको तुलनामा अभिनय गर्न सक्ने कुनै पनि कलाकार नभएको बताउने सुसना राजेशसँग हिरोइन बन्ने फिल्म आँखा चिम्लेर गर्ने बताउँछिन् । उनी भन्छिन्, "आफ्नो मन परेको हिरोसँग खेल्न पाउनु धेरै राम्रो कुरा हो ।"

नवलपरासी कुमावर्ती-७ गोछडामा जन्मिएकी सुसना आधादर्जन म्युनिक भिडियाको अभियनपछि मात्र ठूला पर्दाका चलचित्रमा हात हालेकी हुन् । रामपुरको वस्ती, आजका युवा आदि ठूला पर्दाका चलचित्र सफलतापूर्वक आफ्नो प्रतिभा प्रस्तुत गरेकी उनी नेपाल टिभिबाट प्रशारण हुने चेतनामूलक सिरियलप्रति साह्रै लोभिएकी छिन् । उनी भन्छिन्-'चेतनामुलक सिरियल खेल्ने साह्रै इच्छा छ ।

अविवाहित सुसना विवाहका लागि लगन न आइपुगेको बताउँछिन् । कला क्षेत्रको अहिलेको अवस्था खस्कँदो भएकोले कला क्षेत्रमा नै बाँच्न अहिले गाह्रो भएको बताउने उनी कलाक्षेत्रको भविष्य राम्रो रहेको बताउँछिन् ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika