धन बस्नेत-पोखरा, १७ असार/बालबालिकाको लागि शिक्षा अनिवार्य हो । शिक्षासगै अन्य गतिविधि समय अनुकुल गर्दै लैजानुपर्ने खाचो छ । अन्तरनिहित बाल प्रतिभा प्रष्फुटन गराउन द द लुक्स फेशन होमले बालबालिका सम्बन्धी ट्यालेन्ट कष्टेन्ट आयोजना गर्यो । फेशनसग सम्बन्धीत काम गर्दै आएको होमले बालबालिकाको अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउन वर्षोनी ट्यालेन्ट गरेको थियो । कन्टेष्टमा फिस्टेल एकेडेमीकी छात्रा मुस्कान रानाभाटले उपाधि जितिन् । त्यस्तै इशा केसी फष्ट रनर अप र प्रतिक्षा थापा सेेकेण्ड रनरको पुरस्कार थापिन् । यसैगरी छात्र तर्फकास्की मोर्डनाइज्डका इच्छा गुरुङले जिते भने शाहिल खाण र विक्रम श्रेष्ठ क्रमश फष्ट र सेकेण्ड रनर अप हुन सफल भएका छन् । दर्शक छनोटका पुरस्कार रिचा श्रेष्ठले जितिन् । फेशन होमले गत चैतमा बालबालिकाहरु बीच किड्स कन्टेष्ट गरेको थियो ।
कन्टेष्टमा विभिन्न सात विद्यालयका २२ जना बालबालिका र्याम्पमा उत्रिदैं आफनो प्रतिभा प्रष्फुटन गराएका थिए । होमले बालबालिकालाई स्टेजमा उतार्न झण्डै एकमहिनादेखि विभिन्न परीक्षण दिएको थियो । छात्रा तर्फ१७ र छात्र तर्फ५ जनाको सहभागिता थिए । बालबालिकालाई नृत्य, व्यक्तित्व विकास, लिडरसिप ट्रेनिङ सम्बन्धी परीक्षण समेत होमले दिएको निर्देशक रविन्द्र बज्राचार्यले बताउनुभयो । बालबालिकालाई विभिन्न ठाउ“को भ्रमण समेत गराइएको थियो । निर्देशक बज्रचार्यका अनुसार संग्रहालय, चमेरे गुफा, मेहन्द्र गुफा लगायतका ठाउहरु घुमाई नया“ अनुभव बटुलेका थिए । ट्यालेन्ट कन्टेष्टको कोरियोग्राफी इसिता जिरेलले गरेकी थिइन् । प्रकाश गुरुङ, ओमप्रकाश पौडेल र प्रेरणा गुरुङले निर्णायक भूमिका निर्वाह गरेका थिए । द लुक्स फेशन होमले लिटिल किड्स र क्विन, लिटिल चाइल्ड तथा विभिन्न फेशनस“ग सम्बन्धीत गतिविधि गर्दै आएको छ ।

0 comments:
Post a Comment