शेर्पाहरुको बारेमा हालसम्ममा उपलव्द स्वदेशी तथा बिदेशी अनुसन्धान कर्ताहरु, मानव शास्त्रीहरु र लेखक हरुले लेखेका पुस्तकहरुको आधारमा शेर्पाहरुको उदगम स्थल पूर्वी तिब्बतको खाम प्रदेशलाई मान्न सकीन्छ। तिनताका खामप्रदेशमा १९ समुह अर्थात थर हरु भएको र यिनै थरहरु मध्येको खाम मिञागका मिञाग्पाहरु, खाम सेर्ताका शेरपा लामा र लामा गोनपाहरु, खाम उनीका थिम्मीहरु र खाम चाग्मोटाग का च्यावा (च्हाग्पा) हरु इस्वीसन १५३० तिर सगरमाथा हिमसृङखलाको १९५०० फीट उचाईको नाङपाला (महालंगुर) हिमाल पारगरि क्षमुलोङमा (सगरमाथा) हिमालको दक्षिण तर्फको उपत्यका
त्यसताकाको निर्जन प्रदेशमा सर्वप्रथम प्रवेश गरको र सो उपत्यकाको नाम स्यार खुम्बु राखेको बर्णन पाईन्छ।
यी चार मुलथरका शेर्पाहरुको संख्यामा बृद्धी हुंदै जाँदा थप उपथरहरु पनि बन्दै गएकाले ईस्वीसन १८५७ सम्ममा आईपुग्दा शेर्पाहरुको थर र उपथरको संख्या १० वटा भएको तथ्य राजा सुरेन्द्र बीरबिक्रम शाहदेवको शासन काल बिक्रमसम्बत १९१४ चैत्र ७ गते जारीभएको १० शेर्पाको लालमोहर ले पुष्टी गरेकोछ। उक्त १० शेर्पाको लालमोहर मा च्यावा, खापा, गर्जा, गोले, ठाक्तो, फिनासा, खम्बाचे, सलाका, गोपर्मा र लामा शेर्पा गरि १० वटा थरहरु उल्लेख गरिएको पाइन्छ। बिक्रमसम्बत १९१४ साल देखि २०६६ साल सम्म १५२ बर्षमा यी उपथरहरुको संख्या बडेर ३० पुगेकोछ। यी उपथरहरुको संख्या धेरै भएतापनि बास्तवमा यि उपथरहरु माथी उल्लेखीत ४ मुलथरहरु बाटनै छुट्टिएका हुन। तसर्थ यि उपथरहरुलाई निम्नानुसार सम्बन्धीत मुल थरहरुमा समाबेश गरिएकोछ। १ - च्यावा (च्हाग्पा) मुलथर अन्तर्गतका उपथरहरु:- च्यावा, नक्पो र ल्हुक्पा। २ – मिञाग्पा मुलथर अन्तर्गतका उपथरहरु:- ठाक्तो, गर्जा, गोले, सिरे, फिनासा, युल खोङमा, खापा, मिल्हसा, दोटुब, शर्पा, पाङकर्मा, मेन्दवा र पेनाग्पा। ३ – थिम्मी मुलथर अन्तर्गतका उपथरहरु:- सलाका, खम्बाचे, गोपर्मा, पाल्दोर्जी, ल्हाकसीन्धु, छ्युशर्पा, ठोम्पा, बिनाक्पा, श्यङगो, जोङनग्पा, श्हुरपा र पेनपुलो । ४ - लामा शेर्पा अन्तर्गतका उपथरहरु:-लामा शेर्पा र लामा गोन्पा।
शेर्पा समुदायमा एउटै मुलथर अन्तरगतका उपथर भएकाहरू आपहमा स्वाँगेभाई (हाडनाता) पर्ने भएकोले यिनीहरुको बीच बिहेबारी हुदैन। तसर्थ शेर्पाहरुको थर र उपथरहरुको जानकारी सबै शेर्पाहरुले पाउन सकियोस भन्ने उदेश्यले नामको पछाडी थर लेखन जरुरी भएकोछ। बडदो जनसंख्या र बसाँई सराईको कारणबाट टाडिदै गएका शेर्पाहरु लाई एक आपसमा परिचीत गराउन पनि यसले सहयोग पुराउनेछ।
शेर्पा समुदायमा नामको पछाडी लेखिने सबभन्दा बडी प्रचलित शब्द शेर्पा हो। तर बर्तमानमा शेर्पा भन्नाले कुनै जाति, थर वा उपथर बिशेष नभई सम्पूर्ण शेर्पा समुदायलाई चिनाउने एउटा सामुहीक परिचायत्मक शब्दलाई जनाँउने भएकोले धेरैले आफ्नो मौलिक थर नलेखि शेर्पानै लेखने गरेका छन। तेन्जीङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण पछि त नामको पछाडी शेर्पा लेखने प्रचलन झन बडेकोछ। तर यसबाट शेर्पाहरुको मौलिक थर र उपथरको बारेमा कुनै जानकारी नपाउने भएकाले यस समस्याको समाधान हेतु नामको पछाडी शेर्पाको साथै मौलिक थर पनि लेखन उचीत हुनेछ। उदाहरणार्थ ङिमा शेर्पा खम्बाचे, दावाशेर्पा सलाका, मिङमा शेर्पा ठाक्तो, ल्हाक्पा शेर्पा च्यावा, फुर्वा शेर्पा गोपर्मा, पसाङ.शेर्पा फिनासा र पेम्बा शेर्पा गोले आदि।
नामको पछाडी मौलिक थर लेखनेमा शेर्पा लामा र लामा गोन्पाका सन्तानहरु अग्रस्थानमा छन। यिनीहरुले मात्र नामको पछाडी शेर्पालामा अथवा लामा लेखने गरेकाछन भने अपवादको रुपमा केही चर्चीत व्यक्तित्व हरुले आफ्नो नामको पछाडी मौलीक थर नै राखेकाछन। जस्तै पासाङ गोपर्मा, पासाङ खम्बाचे आदि।
अहिलेका सम्पूर्ण शेर्पाहरुका ३० वटा उपथरहरु १० शेर्पाको लालमोहरमा उल्लेखित उपथरहरुबाटनै फैलिएका हुनाले धेरै शेर्पा धेरै उपथर गर्नुको बदलामा सो लालमोहरमा तोकिएका १० वटा उपथरहरुमानै सिमीत राखनु व्यबहारीक हुन्छ वा बृद्धी भएका उपथरनै कायम गरिनु पर्छ छलफलको बिषय हुन सक्छ।
(सन्दर्भ सामग्री शेर्पाहरुको इतिहास र सँस्कृति-आचार्य ङाग्वाङ वोशेरलामा शेर्पा)
श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्
ताजा समाचार
ताजा समाचार
Friday, 24 July 2009
दश शेर्पाको लालमोहर
चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न
तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो ।
नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो ।
नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् ।
कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।
नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-
माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब संघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर।
मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्।
भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै संसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar
साहित्य फूलबारी
साहित्य फूलबारी
"मेरी लक्ष्मी भाउजु" - संगिता घिमिरे, हाल इजरायल
nr n
माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG
sunuwar shyadar 2009

0 comments:
Post a Comment