धरान । संघीय राज्य व्यवस्था र पत्रकारिता सन्र्दभमा एकहप्ते आधारभुत पत्रकारिता तालिम शनिबारदेखि धरानमा शुरुभएको छ । आगामी साउन २ गतेसम्म सञ्चालन हुने सो तालिम किरात राई पत्रकार संघ सुनसरीको आयोजनामा शुरुभएको हो ।धरान १०स्थित यलम्बर स्मृति संग्राहलयमा सञ्चालित सो तालिमको उद्घाटन प्रमुख अतिथि रहनुभएका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं पूर्वाञ्चल संयोजक किसोरकुमार कार्कीले गर्नुभएको थियो । तालिम उद्घाटन गदै प्रमुख अतिथि कार्कीले नेपालको पत्रकारिता गम्भीर चुनौती र अवसरको संघारमा उभिएको बताउनुभयो । पत्रकारहरुमा धम्की, आक्रमण र हत्या भइरहेकोले पत्रकारिता पेशामा सुरक्षाको चुनौती थपिएको उल्लेख गदै उहाले यथेष्ठ अवसरहरु पनि रहेको बताउनुभयो ।एक हातमा चुनौती छ भने अर्को हातमा अवसर नै अवसर छ ः प्रमुख अतिथि कार्कीले भन्नुभयो ःनेपाली पत्रकारिता पनि उद्योगको रुपमा स्थापित हुनथालेकोले यो पेशामा थुप्रै अवसरहरु छन् । तर अवसरलाई हात पारेर अघि बढ्ने क्षमता सबैमा हुनुपर्छ ।लोकतान्त्रिक गणतन्त्र स्थापनाका नेपालको पत्रकारहरुको महत्वपूर्ण भुमिका रहेको चर्चा गर्नुहुदै उहाले संघीयतालाई स्थापित गर्नपनि महत्वपुर्ण जिम्मेवारी रहेको बताउनुभयो । साथै, पत्रकारितालाई मर्यादित पेशा बनाउनुका साथै समाज र जनताप्रति उत्तरदायि बनाउने जिम्मेवारी पनि पत्रकारहरुको दायित्व भएको उहाको धारणा थियो ।यसैगरि, शुभकामना मन्तव्य व्यक्त गदै नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष जनकऋषिर् चाम्लिंग राईले मुलुक संघीय संरचनामा जानलागेकोले पत्रकारितालाई पनि संघीय स्वरुपमा बदल्न जरुरी भएको बताउनुभयो । संघीयतालाई भुगोलसंग मात्र हेर्न नहुने बताउदै उहाले समुदायको विकास र उत्थानको लागि संघीयताको माग भएको उल्लेख गर्नुभयो ।शुभकामना मन्तव्यकै क्रममा संचारिका समुहकी पूर्वाञ्चल अध्यक्ष निलिफा सुब्बाले पत्रकारिता क्षेत्रमा महिला पत्रकारहरु कम संख्यामा भएकोले महिलाहरुले तालिम लिएपछि पत्रकारिता क्षेत्रलाई निरन्तरता दिन आग्रह गर्नुभयो । साथै, कम संख्यामा महिला पत्रकारहरु भएकोले लैंगिक विभेद हुने गरेको उहाले चर्चा गर्नुभयो । यसैगरि, प्रेस चौतारी सुनसरीका उपाध्यक्ष भिम राई ज्वालाले पत्रकारिता पेशा असुरक्षित बनिरहेपनि युवाहरुमा ज्यादै आकर्षण बढेको बताउनुभयो । पेशा प्रति इमान्दार र प्रतिवद्ध पत्रकार भएमा थुप्रै अवसरहरु पाउने उहाले उल्लेख गर्नुभयो ।यसैगरि, क्रान्तिकारी पत्रकार संघ सुनसरीका उपाध्यक्ष महेश श्रेष्ठले पत्रकारितामा चुनौती भएपनि बढ्दो युवाहरुको सहभागीताले उत्साह थपिएको बताउनुभयो । मुलुक संघीय स्वरुपमा परिणत हुनलागेकोले संघीय पत्रकारिताबारे तालिम र छलफल गर्न आवश्यक भएको उहाको धारणा थियो । एकहप्ते तालिमको उद्घाटन समारोह किरात राई पत्रकार संघ सुनसरीका अध्यक्ष श्रीशीशा राईको सभाध्क्षमा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष कृष्ण राईले गर्नुभएको थियो ।साउन २ गतेसम्म सञ्चालन हुने सो तालिममा विभिन्न स्थानका ७६ जना प्रशिक्षर्थीहरु सहभागी भएको संघले जनाएको छ । तालिममा वरिष्ठ पत्रकार एवं प्रशिक्षक यज्ञ शर्मा, गोपाल देवान, किसोरकुमार कार्की, गणेश राई-काठमाण्डौं) र जसकुमार राईले प्रशिक्षण दिने संघले जनाएको छ ।
श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्
ताजा समाचार
ताजा समाचार
Monday, 13 July 2009
चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न
तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो ।
नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो ।
नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् ।
कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।
नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-
माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब संघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर।
मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्।
भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै संसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar
साहित्य फूलबारी
साहित्य फूलबारी
"मेरी लक्ष्मी भाउजु" - संगिता घिमिरे, हाल इजरायल
nr n
माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG
sunuwar shyadar 2009

0 comments:
Post a Comment