१० जुलाई २००९ अवुधावीघासी दरिद्री घरको तर वुद्धिकस्तो म भानु भक्त धनि भै कन किन आज यस्तो”कुवा बनाइ गाँउले र बटुवालाई पानीको आवश्यकता पुरा गर्नकालागि एउटा गरिव घासीले दिन भर दुःखले काटेका घासलाई बेचेर पैसा जोगाइ राख्न गरेको प्रयासको प्रेरणाका कारण नेपाली साहित्यमा छलाङ्ग मार्ने आदिकवि भानुभक्त आचार्यको १९६ आंै जयन्ती सर्वदा वाङ्गमय प्रतिष्ठानले अबुधावी स्थित केराला सोसाइटीमा यूएइमा रहेका साहित्य प्रेमी नेपालीहरुको जमघटका साथ मनायो ।कार्यक्रममा संस्थाका सदस्य अर्जुन सापकोटाले स्वागतका सुभारम्भ भएको सो कार्यक्रम प्रतिष्ठानका सचिव कृष्णप्रसाद देवकोटाद्वारा साचालन गरिएको थियो । कार्यक्रममा कविता हाइकु गजल मुक्तक वाचन गरिनुका साथै लोक गीतका भाकामा नृत्य पनि प्रस्तुत गरिएका थिए । नेपाली साहित्यलाई प्रवासमा रहेका नेपाली समक्ष पुयाउन विभिन्न साहित्यीक संघसस्थाहरु ल्ागि परिरहेका वेला यस प्रतिष्ठानले यूएइमा गरेको योगदानको सवै अतिथीहरुले चर्चा गर्दै आदिकवि भानुभक्त आचार्यको साहित्यिक योगदानको अनुसरण गर्दै १९६औ भानु जयन्ती मनाइयो । कार्यक्रममा यूएइकालागि नेपाली दूतावासका द्धितिय सचिव लोकबहादुर पौडेल क्षेत्रीलाई कार्यक्रमका सभापति तथा प्रतिष्ठानका अध्यक्ष लक्ष्मण सापकोटाले पुष्पगुच्छाले स्वागत गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि यूएइकालागि नेपाली राजदूत महामहिम श्री अर्जुनबहादुर थापा दूतावासका द्धितिय सचिव लोकबहादुर पौडेल क्षेत्री तृतीय सचिव जितेन्द्रकुमार लाभ नेपाल पत्रकार महासंघका अध्यक्ष जाकिर हुसैनले आदिकवि भानुभक्त आचार्यको तस्वीरमा माल्यापर्ण गर्नुभएको थियो । कार्यक्रममा एनआरएनए एनसीसीका अध्यक्ष चुडामणी ढकाल लुम्बिनी वेलफेयर सोसाइटीका अध्यक्ष डि।एल। शर्मा प्रवासी नेपाली संघ यूएइका अध्यक्ष यमलाम शर्मा पंगेनी आदि यूएइमा अवस्थित रहेका संघसस्थाका विभिन्न प्रतिनिधि तथा साहित्य प्रेमीहरुको उपस्थित रहेको थियो ।
सापकोटाले भानुभक्तको बारेमा परिचय दिदै रामायणका श्लोकहरु उदृत गर्दै भानुभक्त कै लयमा कविता वाचन गर्नु भएको थियो । सो कार्यक्रममा अन्य कविहरु मध्ये केहीले भानुलयमा कविता वाचन गरी भानुभक्त प्रति श्रद्धा व्यक्त गर्नु भएको थियो । कार्यक्रमको विचविचमा सर्वदा साँस्कृतिक समूदद्वारा विभिन्न लोक गितहरु प्रस्तुत गरी कार्यक्रमलाई रोचक बनाएको थियो । प्रमुख अतिथि राजदूत थापाले यस प्रकारका कार्यक्रमहरुले नेपाली साहित्यलाई यूएइमा कार्यरत नेपाली तथा विभिन्न राष्ट्रका व्यक्तिहरुमाझ चिनाउने र यसले नेपाली साहित्यको विकाशमा टेवा पुयाउने विश्वास व्यक्त गर्नु भएको थियो । सर्वदा वाङ्गमय प्रतिष्ठान केन्द्रिय काठमाण्डौको शाखाको रुपमा यूएइमा १३ जुन २००८ का दिन केन्द्रिय सदस्य रहेका लक्ष्मण सापकोटाको संयोजकतामा खोलिएको थियो ।

0 comments:
Post a Comment