नवीन खतिवडा, काठमाडौं, असार २५- अपहरणको आरोपमा भक्तपुरको ठिमीमा किशोरहरूमाथि कुटपिट भएको खबर मंगलबार साँझ पहिलोपटक सुन्दा सिरकुमारी गहामगरलाई 'को होलान्, के भएको होला' भन्ने लागेको थियो। ती किशोरहरूमध्ये दुईको मृत्यु भएको समाचार सुन्दा उनले 'बिचरा कसका छोरा होलान्' भनिन्।
तर, त्यो साँझपछि कालो रातमात्र आएन, उनलाई जिन्दगीभरि छाती चिर्ने पीडा पनि सँगै आयो। मारिने ती दुई उनकै कान्छा छोरा र मितछोरा थिए।
मध्यपुरठिमी नगरपालिका चपाचोमा अपहरणकारीको आरोपमा भिडले पासविक आक्रमण गरेपछि मारिएका जीवन गहा मगर र उनका मीत सविन महत क्षेत्री थिए।
यो खबरले जडीबुटीबाट पाँच मिनेट उत्तरमा रहेको काठमाडौं महानगरपालिका- ३५ को कार्यालय भवन छेउको पाल्पाकोट बस्तीमा रुवावासी मच्चायो। साना छाप्रा घरहरूले भरिएको बस्तीभित्र सँगसागै जोडिएका दुई घरले आˆना छोरा गुमाएका थिए। बुधबार अपराह्न पत्रकारहरू वस्तीमा पुग्दासम्म कसैका आँखामा आँसु थामिएको थिएन।
चलचित्र निर्माणमा प्रकाश ब्यवस्थापनको प्राविधिक काम गर्ने सविनका पिता दुर्गा पोखराबाट बुधबार अपराह्नमात्र घर आइपुगेका थिए र छिमेकीहरू उनलाई सान्त्वना दिँदै थिए।
उनले भक्कानिँदै भने, 'छ वर्षअघि जेठो छोरा धादिङमा गाडी दुर्घटनामा बित्यो, कान्छालाई यसो गरिदिएछन्।' कस्तो मानिस हो, के हो भन्ने नबुझी आक्रमण गर्ने भिडलाई आँसु झार्दै श्राप दिए। उनले भने, 'त्यहि छोराले पढ्ला र केही गर्ला भनेर यो बुढो शरिर ६४ वर्षको उमेरमा पनि काममा लाँदै थिएँ, अब मेरो केही बाँकी भएन।' बाबु दुर्गाले यसो भनिरहादा आमा जिलमाया भने निरन्तर आँसु झारेर मौन थिइन्।
मृतक जीवनका बाबु रनबहादुर भने चीनमा कुक काम गर्ने भएकाले घरमा छैनन्।
सिरकुमारी र जेठा छोरा मात्र घरमा छन्। छिमेकीसागै आँसु झार्दै गरेकी सिरकुमारीले भनिन्, 'साथीको जन्मदिन मनाउन गएको छोराको यस्तो सुन्नु पर्यो।' उनले भनिन्, 'खेल्दासमेत कसैको भनाभन भए हात मिलाइदिने मेरो छोरा झगडा गर्ने खालको थिएन।'
मृतक दुई मध्ये सविन कौशलटारको आदर्श जनप्रेमी उच्च माविमा ब्यवस्थापन विषयमा १२ कक्षामा अध्ययनरत थिए। विद्यालयका प्राचार्य झमक बस्नेतका अनुसार सबिन औसत विद्यार्थी थिए तर अनुसाशनको विषयमा अहिलेसम्म कुनै उजुरी थिएन।
जीवन र सविन दुई मित अनिल भन्ने साथीकामा गएको र अनिलको अर्को केटासँग झगडा हुँदा भिडले अपरिचितलाई लखेटेर कुटेको घटना विवरण चपाचोबाट भाग्न सफल भएका छोराका साथीले ती परिवारलाई सुनाएका छन्।
छोराका साथीले सुनाएको घटना विवरणपछि सिरकुमारीले प्रश्न गरिन्, 'अपहरणकारी भनेर आरोप लगाई मान्छेलाई मारिहाल्न मान्छेले कसरी सक्छ ?'
सिरकुमारीले आफ्ना छोराहरूको हत्यामा संलग्नलाई कारवाही नहुँदासम्म शव जिम्मा नलिने बताइन्। 'छोरा मरेको पीर त छ, तर उसको मृत्युलाई कुकुर मरे जसरी कसरी खेर जान दिन्न,' उनले भनिन्, 'मेरो छोरा त मरि नै सक्यो, अरुका छोरालाई यस्तो हुन नदिने ग्यारेन्टी नहुँदासम्म म शव उठाउँदिन'।
मध्यपुरको धुञ्चोपाखादेखि लखेटेर भिडले चपाचोमा आक्रमण गर्दा जीवन र सविनसागै घाइतेभएका बसन्त लामा र सरोज राईको ललितपुर स्थित बिएण्डबि अस्पतालमा उपचार भइरहेको छ। उनीहरू दवैको बुधबार अबेरसम्म होस खुल्न सकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहे पनि कुटपिटमा संलग्न भएको अभियोगमा बुधबार साँझसम्म कसैलाई पनि पक्राउ गरेको छैन।

0 comments:
Post a Comment