संयुक्त अरब एमिरेट्समा कार्यरत नेपाली बामपन्थी, प्रगतिशिल, देशभक्त र गणतान्त्रिक यातायात मजदुरहरुको जुलाई ३ तदनुसार असार १९ गते दुबईको एभरेष्ट इन्टरन्यासनल होटेलमा भएको ऐतिहासिक प्रथम अधिबेसनले नेपाली प्रगतिशिल यातायात मजदुर मञ्च यूएई गठन गरी नेत्रित्व समेत चयन गरेकोछ।
नेपाली जन प्रगतिशिल मञ्च यूएईको भागीनी संगठनको रुपमा गठन गरिएको उक्त मञ्चको प्रथम सम्मेलनमा आयोजक समितिको तर्फबाट प्रतिनिधि र पर्यबेक्षकहरुलाई प्रस्ताबको रुपमा पेश गरिएको मञ्चको बिधान र घोषणापत्रलाई पारीत गर्दै अधिबेसनले यातायात मजदुर शम्भु कुमार वाइबाको नेत्रित्वमा आगामी २ बर्से कार्यकालको लागि १७ सदस्य केन्द्रिय समिती सर्ब सम्मत निर्बाचित गरेकोछ। निर्बाचित केन्द्रिय समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष राजु रोका, महासचिब निमाकान्त पाण्डे, सचिब कबिन्द्र थापा, कोसाध्यक्ष धमान सिंह तामाङ् र सदस्यहरुमा क्रमश प्रकाश श्रेष्ठ, दयाराम् महर्जन, राम बहादुर भट्ट, रितु राइ, पदम पुलामी, बिष्णु थापा, तुलाराम भट्ट, भिम प्रसाद रिजाल, राम बहादुर गुरुङ, बसन्त कुमार श्रेष्ठ, राम प्रसाद श्रेष्ठ र चतुर्मान स्याङ्तान रहेकाछन। उक्त अधिबेशनलाई शुभकामना तथा निर्बाचित नेत्रित्वलाई बधाईदिदै अधिबेशनका प्रमुख अतिथी एबम नेपाली जन प्रगतिशिल मञ्च यू ए ई का अध्यक्ष दुर्गादत्त पोखरेलले बिभिन्न बर्ग, पेशा र समुदायका प्रबासिहरुलाई संगठित गर्दै अग्रगमनकारी क्रान्तिकारी कित्तामा ध्रुबिकरण गर्दै नेपाली क्रान्तिलाई सहयोग र समर्थन गर्ने योजना अनुसार नेपाली प्रगतिशिल यातायात मजदुर मञ्च गठन भएको र तुरुन्तै यस्तै गरी प्रगतिशिल महिला मञ्च र क्रान्तिकारी पत्रकार महासंघ पनि गठन गर्ने तयारी रहेको जानकारी गराउनुभयो। साथै हामी प्रबासमा रहेकाले यस मुलुकको नियम र कनूनलाई सम्मान र पालना गर्दै र सबै नेपालीहरुको अबिभाबकको रुपमा रहेको नेपाली कुटनितिक नियोगसँग परामर्स र समन्वय गर्दै साँगठानिक गतिबिधी अगाडि बढाउने जानकारी गराउनु भयो। त्यस्तै राष्ट्रियता जनतन्त्र र जनजिबिकाको सबालमा मञ्च कसैसँग सम्झौता नगरने र आबश्यक परेको बेला सिङो मञ्चनै बम बारुद बनेर पडकीने बिचार ब्यक्त गर्नु भयो।
त्यस्तै अधिबेशनलाई सफलताको कामना र शुभकामना ब्यक्त गर्दै गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्वय समिती यू ए ई का उपाध्यक्ष चन्द्र रोकाहा ले यातायात मजदुर मञ्चले ल्याउने मजदुर हक हित र अधिकार सम्बन्धी क्रियाकलापमा पूर्ण सहयोग र समर्थन रहने बिचार ब्यक्त गर्नु भयो। सम्मेलनमा अन्य अतिथिहरु गैर आबासिय नेपाली संघ यू ए ई अन्तररास्त्रिय समन्वय समिती सदस्य पदम सुन्दर लिम्बू, एमिरेट्स नेवा पुचका अध्यक्ष राम चन्द्र डङ्गोल, ईनेपालीअन्लाईन डट कमका सञ्चालक अर्जुन दाहाल र महिला प्रतिनिधि पद्मा गिरिले सफलताको कामना गर्दै निर्बाचित केन्द्रिय समितिलाई बधाई दिनुभएको थियो। सम्मेलनलाई सफलताको कामना गर्दै उपस्थित हुन नसके पनि विश्व भरी रहेका जन प्रगतिशिल मञ्चका भाईचारा संगठनहरुबाट आएका शुभकामना पत्रहरु पढेर सुनाइएको थियो। यसरी शुभकामना पठाउनेहरुमा नेपालबाट अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष जगत सिंखडा, नेपाली प्रगतिशिल यातायात मजदुर मञ्च कतारका अध्यक्ष रमेश भट्ट, नेपाली जनप्रगतिशिल मञ्च साउदी अरेबियाका संस्थापक अध्यक्ष क सागर, नेपाली ऐक्यबध्दता मञ्च स्विटजरल्याण्ड का अध्यक्ष अशोक चौलागाइ र नेपाली जन सरोकार समाज हङकङका महासचिब जिमी किरात रहेकाथिए। नेपाली यातायात मजदुर मञ्चको प्रथम अधिबेशन, आयोजक समितिका सम्योजक शम्भु कुमार वाइबाको सभापतित्त्व र नेपाली जनप्रगतिशिल मञ्चका केन्द्रिय महासचिब रमेश बेल्बासेको सञ्चालनमा भएको थियो।
त्यस्तै सचिब तारा न्यौपानेले उपस्थित प्रमुख अतिथी, अतिथी तथा सहभागी प्रतिनिधि पर्यबेक्षकहरुलाई आयोजक समितिको तर्फबाट स्वागत गर्नु भएको थियो। कार्यक्रमको अन्त्यमा सम्पूर्ण यातायात मजदुरहरुको पक्षमा निरन्तर रुपमा कृयाशिल रहने प्रतिबध्दता सहित नब निर्बाचित अध्यक्ष तथा अधिबेशनका सभापति शम्भु कुमार वाइबाले समापन गर्नु भयो।

0 comments:
Post a Comment