श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Saturday 2 October 2010

ताप्लिजोङमा विशाल लिम्बुवानी आमसभा सम्पन

याङ्वरकथुम, तेल्लोक ताप्लिजोङ, लिम्बुवानमहान लिम्बुवानी विभूति सिरिजङ्गको जन्मस्थल तोप्लिजोङको तेल्लोकमा यही असोज ४ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मातहतको लिम्बुवान भोलेण्टियर्स एलभीं याङ्वरकथुम कमाण्डको आयोजनामा विशाल लिम्बुवान आमसभा तथा एलभी प्रदर्शनी कार्यक्रम सम्पन्न भयो ।उक्त लिम्बुवानी आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तथा माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले भने- “आजभन्दा तीनसय वर्षअघि यही तेल्लोकमा जन्मेका महान लिम्बुवानी विभूति सिरिजङ्गाको सपनाअनुसार नै अहिलेको लिम्बुवान आन्दोलन अघि बढिरहेको छ । तीनसय वर्षअघि नै उनै सिरिजङ्गाले लिम्बुवानको मुन्धुम, भाषा र लिपिको रक्षाको लागि हाँसी-हाँसी आफ्नो ज्यान वलिदान गरेका थिए । तर, आजको एक्काइशौं शताब्दीमा पनि केही लिम्बूहरु नै लिम्बुवानको लागि लागिपर्न हिच्किचाइरहेका छन्, त्यो एकात्मक दासत्वको उदाहरण हो । अहिलेका युवापुस्ताले लिम्बुवानमाथि र यहाँका जनताको दिमागमा जबर्जस्त थोपरिएको एकात्मक दासताको साङ्लोलाई कुनै हालतमा चुडाएरै छाड्नेछन् र सिरिजङ्गाको सपना पूरा गरेरै छाड्नेछन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत अरुण-सप्तकोशीपूर्वको नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गराउन सम्पूर्ण लिम्बुवानवासी जनताहरु एकतावद्ध भई आन्दोलनमा लामवद्ध हुनैपर्दछ । विशेषगरी लिम्बुवानी युवा विद्यार्थी र एलभीहरु जुर्मुराएर उठ्नैपर्दछ ।”
यसैगरी, उक्त आमसभालाई सम्बोधन गर्दै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका सचिवालयस सदस्य दॆउबहादुर खुदाङ, केन्द्रीय सदस्य तथा ताप्लिजोङ इञ्चार्ज कृतिमान मादेन, ताप्लिजोङ जिल्ला अध्यक्ष होम तुम्बाहाङ्फे, जिल्ला सचिव रणध्वोज ताम्लिङ, महिला परिषद उपाध्यक्ष इन्दिरा मेन्याङ्बो, विद्यार्थी केन्द्रीय सचिव दिनेश तुम्बापो, युवा मञ्च पान्थर अध्यक्ष सुनिल लिम्बू, एलभी सिनियर उपकमाण्डर मुक्साम लाबुङलगायतले लिम्बुवान प्राप्तिको आन्दोलनलाई अघि बढाउन जस्तोसुकै वलिदान दिन तयार रहेको र हुनुपर्ने विचार व्यक्त गरेको थिए ।उक्त आमसभा याङ्वरक थुम् एलभी सिनियर उपकमाण्डर विकल्प लिङ्देनको अध्यक्षतामा सम्पन्न भएको थियो भने परिषदका याङ्वरकथुम सचिव भूपेन्द्र माबोले स्वागत मन्तव्य र एलभी सिनियर सिभिल कमाण्डर ज्वलन माङ्मूले कार्यक्रमको उद्घोषण गरेका थिए । यस कार्यक्रममा सयौं एलभीहरुको प्रदर्शन र संघीय लिम्बुवान कलाकार परिषदको तर्फबाट आकर्षक साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।
- डीबी आङ्बुङ, फोटोः मुक्साम लाबुङ, ताप्लिजोङ
--> Read more...

अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा आजदेखि बन्दसत्र सुरु ।।

असोज १६विष्णु पौडेल
जनकपुरमा जारी नेकपा एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुको २० औं राष्ट्रिय सम्मेलनमा आजदेखि बन्दसत्र सुरु हुँदैछ । आजदेखि सुरु हुने बन्दसत्रमा राजनीतिक, साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र विधान संशोधनको मस्यौदा प्रस्तुत हुने र आजै प्रतिवेदनमाथिको छलफल सुरु हुने बताइएको छ । भोलिसम्म चल्ने बन्दसत्रले प्रतिवेदनहरु पारित गर्ने र पर्सि नया नेतृत्वका लागि चुनाव हुने कार्यक्रम तय भएको छ । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष सोभियन ढकाल र महासचिव माधव ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ । सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिने भए पनि सहमतिको सम्भवना कम रहेको प्रतिनिधिहरुले जनाएका छन् । हिजोदेखि सुरु भएको राष्ट्रिय सम्मेलनको एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन गर्नुभएको थियो ।सम्मेलनमा एमालेका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । सम्मेलनमा देशभरिबाट झन्डै दुई हजार प्रतिनिधिले भाग लिइरहेका छन् ।
--> Read more...

कांग्रेस महाधिवेशनमा कतारबाट सहभागिता/ वैदेशिक रोजगारीलाई समेट्न माग

दीपक पौडेल / दोहा
नेपाली काँग्रेसको हालै सम्पन्न १२ औं महाधिवेशनमा कतारबाट पनि सहभागिता जनाइएको छ । काँग्रेसको कतारस्थित भातृसंस्था नेपाली जनसम्पर्क समिती कतारका ७ जना प्रतिनिधिहरूले महाधिवेशनमा सहभागिता जनाएका हुन् ।१ देखि ५ असोजसम्म काठमाडौंमा आयोजित कांग्रेस महाधिवेशनमा कतारबाट महाधिवेशन प्रतिनिधिकारुपमा नरेन्द्र भाट (डडेलधुरा), विमल सुवेदी (कास्की), युवराज पाठक (नवलपरासी), अर्जुन खड्का (दाङ्ग), ई. महेश जोशी (डोटी), मोहम्मद शाकिर अलि (सिराहा) र तारा मङ्गोल (गुल्मी) ले सहभागिता जनाएका हुन् । कांग्रेसले कतारस्थित जनसम्पर्क समितीबाट ७ जना महाधिवेसन प्रतिनिधि र ३ जना महासमिती सदस्य चयन गर्ने अवसर दिएको थियो । जनसम्पर्क समितीले गत २० अगस्तमा आयोजना गरेको नेपाली काँग्रेसका क्रियाशिल सदस्यको एक भेलाबाट ती प्रतिनिधिहरू सर्वसहमतिको आधारमा चयन भएका थिए । कतारबाट महासमिती सदस्यमा नरेन्द्र भाट, विमल सुवेदी र युवराज पाठक रहेका छन् ।जनसम्पर्क समिती कतारले कांग्रेसको १२ औं महाधिवेशनलाई ३ मिनेट सम्बोधन गर्ने अवसर पनि पाएको र समितिका सभापति नरेन्द्र भाटले सो सम्बोधन गरेको महामन्त्री विमल सुवेदीले बताए । काँग्रेसको महाधिवेशनमा बैदेशिक रोजगारीलाई मर्यादित र ब्यवस्थित बनाउनेवारे कांग्रेसजनको ध्यान आकर्षण गराएको र रिपोटर्स क्लवमा आयोजित एक साक्षात्कारमा पनि जनसम्पर्क समिती कतारले सोवारेमा आङ्खना धारणाहरू थप स्पष्ट पारेको महामन्त्री सुवेदीले बताए । बैदेशिक रोजगारीमा रहेका नेपालीकावारेमा समावेश गरिनुपर्ने एजेण्डाका सम्बन्धमा जनसम्पर्क समितिले यसअघि सार्वजनिक गरेको प्रतिवेदन काँग्रेस महाधिवेशनमा पनि प्रस्तुत गरिएको सुवेदीले बताएका छन् ।सो प्रतिवेदनमा कृषि–आश्रीत नेपालकोे अर्थव्यवस्थामा रेमिटेन्सले ३३ प्रतिशित ओगटेको चर्चा गर्दै पार्टीको अवको दस्तावेजमा समाजबादलाई कृषि अर्थतन्त्रमा मात्र व्याख्या नगरी, कृषि, बन्द व्यवासाय, वैदेशिक रोजगारी तथा प्रविधिको विकास विचको फयूजनबाट समाजवादलाई ब्याख्य गरिनुपर्ने सुझाव दिइएको छ । नेपाली काँग्रेसको दस्तावेजमा नै वैदेशिक रोजगारीलाई समेट्नुपर्ने माग सो प्रतिवेदनको मुख्य विषय रहेको यिो । वैदेशिक रोजगारीमा देखिएका समस्या र सो सम्बन्धमा पार्टिले लिनुपर्ने अवधारणवारे प्रतिवेदनमा विस्तृत चर्चा गरिएको थियो ।जनसम्पर्क समितिका महामन्त्री सुवेदीले कांग्रेसको नयाँ नेतृत्वले प्रवासमा रहेका नेपालीका आवाजलाई गम्भिरतापुर्वक लिने आशा ब्यक्त गरेका छन् । ‘७ जना महाधिवेसन प्रतिनिधि र ३ जना महासमिती सदस्यको अवसरसहित कांग्रेसले कतारमा रहेका कार्यकर्ता, समर्थक एवं शुभेच्छुकलाई उच्च प्राथमिकता दिएको छ’ सुवेदीले भने– ‘आशा छ, यहाँका सवै नेपालीका तर्फबाट हामीले राखेका आवाजहरूमा पनि कांग्रेसले अवश्य उचित ध्यान दिनेछ ।’ महाधिवेशनले पार्टीमा नयाँ रक्तसञ्चार गरेको र युवा जगतलाई अगाडि बढ्न प्रेरणा दिएको उनले बताए । जनसम्पर्क समितिमा ५ सयभन्दा बढि क्रियाशिल सदस्यहरू आवद्व रहेको बताइन्छ ।
--> Read more...

ताम्सालिङ नेपाल राष्ट्रिय दलद्धारा भोलेन्टियर्स अफ ताम्सालिङ नेपाल गठन

तामाङ बाहुल्य रहेको क्षेत्रलाई ताम्सिलिङ स्वायत्त प्रदेशको माग गर्दै आएको ताम्सालिङ राष्ट्रिय दलले पन्ध्र वटा जिल्लाका तामाङ युवालाई युद्ध कौशल तालिम दिइरहेको छ । राष्ट्रिय स्वाधिनता, जातिय, लैंगिक, क्षेत्रिय, वर्गीय मुक्तिको लागि आन्दोलन गर्न दस्ताले बताएको छ । सैनिक पोशाक सहित सार्वजनिक गरिएको दस्ताले शोषित पीडित जनताको सुरक्षा गर्दै संगठन विस्तारको काममा गर्ने अध्यक्ष परशुराम तामाङले दावी गरे ।
राज्य पुनःस्थापना समितिले तामाङको बसोबास रहेको क्षेत्रलाई टुक्रयाएर नारायणी, सुनकोशी, शेर्पा लगायतका प्रदेशमा विभाजन गरिएकोप्रति असहमति जनाउँदै संविधानसभामा दवाव दिन भोलेन्टियर्सले शान्तिपुर्ण आन्दोलन गर्ने समेत तामाङले बताए। तालिममा धादिङ, नुवाकोट, रसुवा, मकवानपुर, काभे्, सिन्धुपाल्चोक लगायत पन्ध्र जिल्लाका एकसय युवा सहभागी छन् ।
--> Read more...

ग्लोबल पिस फेस्टिबल उद्घाटनः

प्रधानमन्त्री माधवकुमार नेपालले श्रमको सम्मान र शोषणको मुक्तिबाट मात्र समाजमा स्थायी शान्ति कायम हुनसक्ने बताउनुभएको छ ।ग्लोबल पिस एसोसिएसनद्वारा शुक्रबार आयोजित 'ग्लोबल पिस फेस्टिबल साउथ एसिया २०१०' समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले आदिमकालदेखि हाम्रा पूर्वजले आत्मिक र वैयक्तिक शान्तिको खोजी गर्दै अहिलेको अवस्थामा आइपुगेको हो भन्नुभयो ।
--> Read more...

काँग्रेसले उम्मेदवारी फिर्ता लिनु हुँदैन -मैनाली

नेकपा -माले) का महासचिव सीपी मैनालीले शान्ति, संविधान र सुशासनका लागि राष्ट्रिय सहमतिसहितको साझा कार्यक्रम नबनेसम्म नेपाली काँग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता गर्न नहुने बताउनुभएको छ ।
नेकपा -माले) जिल्ला कमिटी झापाले बिर्तामोडमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले काँग्रेसले हतारमा प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिने गल्ती गरे राष्ट्र अर्को दुर्घटनामा फस्ने दाबीसमेत गर्नुभयो ।
उहाँले एमाले र एमाओवादीले काँग्रेसलाई प्रधानमन्त्रीको दाबी फिर्ता लिन दबाब दिएर शङ्कास्पद राजनीति गरिरहेको टिप्पणी गर्नुभयो ।
असोज १ गते एमाओवादी र एमालेले गरेको तीनबुँदे सहमतिले मालेलाई समेत सशङ्कित बनाएको छ, उहाँले भन्नुभयो- जेठ १४ गते भएको सहमति कार्यान्वयन गर्न ठूला तीन दल असफल भएको बेला एमाले र एमाओवादीले अर्को सहमति गरेर गल्ती गरेका छन् ।
महासचिव मैनालीले एमाओवादीको वाम भ्रान्तिकारी दृष्टिकोणका कारण राष्ट्र अनिर्णयको बन्दी बनेको दाबी गर्दै विगतमा सात दल, अनमिन र सरकारसँग भएको सहमति र समझदारी कार्यान्वयन गर्न एमाओवादी तयार भए देशले निकास पाउने ठोकुवा गर्नुभयो ।
एमाओवादीको सरकार राष्ट्रले अस्वीकार गरेको बताउँदै उहाँले एमाले अध्यक्ष झलनाथ खनालले माओवादी अध्यक्ष प्रचण्डको एजेन्डामा हिँड्दा राष्ट्र सङ्कटमा फस्दै गएको समेत बताउनुभयो ।
--> Read more...

Thursday 7 January 2010

हङकङभित्रै हराए माओवादी अध्यक्ष प्रचण्ड

पार्टीका वरिष्ठ नेताहरुलाई समेत जानकारी नदिई बुधवार मध्यराती अचानक हङकङ प्रस्थान गरेका माओवादी अध्यक्ष प्रचण्ड एकाएक हङकङ भित्रै हराएका छन् ।नेपाली जनसरोकार समाज हङकङद्धारा आयोजित एक औपचारिक कार्यक्रमलाई सम्बोधन गरेपछि आफ्ना सहयोगीहरुलाई समेत छाडेर अध्यक्ष प्रचण्ड अचानक अज्ञात स्थलतर्फ हानीएको जनपुकारका प्रतिनिधले जनाएका छन् । एक स्रोतका अनुसार अध्यक्ष प्रचण्ड चीनिँया नेताहरुसँगको गोप्य भेटवार्ताको लागि अज्ञात स्थलतर्फ लागेका हुन् । दाहाल पार्टीको एक विशेष कार्यक्रमलाई समेत छोडेर अज्ञात स्थलतर्फ गएपछि कार्यक्रम नै रद्द गरीएको छ । अचानक हङकङ हानिएका प्रचण्डको भ्रमणलाई नेपाली राजनीतिमा अर्थपूर्ण रुपमा हेरीएको अवस्थामा प्रचण्ड अज्ञात स्थलतर्फ हानिनुलाई झन शंका गरिएको छ । दाहाल विदेश विभाग प्रमुख कृष्णबहादुर महराका साथ बिहीबार बिहान ड्रागन एयरको उडानबाट ६ बजरे ४० मिनेटमा पुगेका थिए । दाहाललाई हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट यहाँस्थित महाबाणिज्यदूतावासको गाडीले चिम सा चोयस्थित होटल होलिडे इनमा छाडेको थियो । सभालाई सम्बोधन गर्दै दाहालले इतिहास र जनयुद्धकालका पुराने कुरामा भाषण टुंग्याए । 'हङकङलाई माओवादी पार्टीको अन्तर्राष्ट्रिय विभाग अन्तर्गत पुर्वी एसियाको केन्द्र बनाउन चाहेको अध्यक्ष प्रचण्डले बताए । यसैबीच प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत माओवादीको अराजक व्यवहार नसुधारे उ आफैँ समाप्‍त हुने चेतावनी दिनुभएको छ। चितवनको सौराहास्थित साप्ताहिक पाक्षिक पत्रिका सञ्जालको केन्द्रीय भेला उदघाटन गर्न आज बिहिबार मध्यान्ह चितवन पुग्नु भएका प्रधानमन्त्री नेपालले भरतपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादीको व्यवहारमा कुनै सुधार नआएको बताउनुभयो । उहाँले माओवादीको व्यवहारमा सुधार नआएकै कारण मुलुकमा संकट गहिरिएको दावी समेत गर्नुभयो । उहाँले राजनीतिक गतिरोध अन्त्यका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण हुन लागेको बताउँदै त्यसमा सामेल नेता र दलले पालना गर्नुपर्ने आचारसंहिता आवश्यक रहेको बताउनुभयो । उहाँले माओवादी सेना समायोजन हुनुपर्ने जोड दिंदै भन्नुभयो- जुनसुकै हालतमा पनि माओवादी सेना समायोजन गरी शिविरहरु खाली गरिनेछ ।
--> Read more...

मल्म प्रवासी युवा सेवा समाज, दोहा-कतारको योगदान

दोहा कतार/ झापाली :- देश छाडेर प्रदेशिएका बागलुङ जिल्ला मल्म गा. बि. स. का स्थानिय युवाहरुले रोजगारिको क्रममा कतार आई २००६ मा "मल्म प्रबासी युवा सेवा समाज, दोहा-कतार" नामक एक सामाजिक सस्थाको स्थापना गरेकाछन । परिवारलाई सुखका साथ राख्ने,मिठो सपना बोकेर मुगलान तिर पलायन भएका मल्म गा. बि. स. का युवाहरु, परिवारमा मात्र निहित रहेनन् । उनिहरुले कडा परिश्रमको बाबजुत पाउने पारीश्रामिक मध्ये केही रकम छुट्याएर मल्म गा. बि. स. का बिभिन्न शैक्षिक सस्था, खेलकुद तथा असाहय पीडितलाई समेत आर्थिक सहयोग गर्दै आईरहेकाछन । उक्त सामाजिक सस्था "मल्म प्रबासी युवा सेवा समाज, दोह-कतार"मा रहेर महत्वपूर्ण भूमिका निर्बाह गर्नु हुने समितिहरु :-अध्यक्ष :- श्री थम्मन बस्नेत उपाध्यक्ष :- श्री पदम बहादुर थापा सचिब :- श्री राजेन्द्र थापा सह- सचिब :- कृष्ण बहादुर थापा कोसाध्यक्ष :- दुर्गा बहादुर बि. क. सद्स्यहरु :- बम बहादुर थापा, टक बहादुर थापा, खिम बहादुर बि.क., भिम बहादुर खड्का, प्रकाश बस्नेत, मिठु खड्का र हर्क बहादुर साहानी साथै यस सस्थालाई कसरी र कुन रुपले यसको क्रमिक बिकास गराउने भन्ने तर्फ बिशेष सल्लाहकारमा रहनु हुने बिष्णु भण्डारी र छबिलाल खत्रीको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको सस्थाका सचिब राजेन्द्र थापाले बताउनु भयो ।
यस "मल्म प्रबासी युवा सेवा समाज,दोहा-कतार"ले, बागलुङ जिल्लामा स्थापित "घुम्टे युवा परिवार मल्म" बागलुङ्गेको यही फागु पुर्णिमाको अबसरमा २०६६/ ११ / १३ गते देखी १६ गते सम्म आयोजना हुन लागेको २५ औ रजत जयन्तिको कार्यक्रमहरु मध्ये," खुल्ला भलिबल प्रतियोगिताको प्रथम पुरस्कार स्वरुप नगद रु. १५,०००/- यस "मल्म प्रबासी युवा सेवा समाज,दोहा-कतार"का उपाध्यक्ष श्री पदम बहादुर थापा र कोसाध्यक्ष श्री दुर्गा बहादुर बि. क. को हातबाट बिजेता टिमलाई पुरस्कार प्रदान गर्न कतारबाट नेपाल जादै हुनु हुन्छ ।
यस अघी पनि धवलागिरी अञ्चल, बागलुङ जिल्ला, मल्म गा. बि. स. अन्तर्गत श्री जनहित माध्यमिक बिधालय मल्म गल्कोट, बगलुङका लागि, यस " मल्म प्रबासी युवा सेवा समाज, दोहा-कतार"ले सहयोग स्वरुप नगद रु. १५,००० हस्तान्तरण गरेको कुरा समाजका सचिब राजेन्द्र थापाले अबगत गराउनु भएको थियो ।
--> Read more...

Wednesday 6 January 2010

आशफोर्ड लन्डनमा नेपाली बालबच्चाहरुले सृजनाद्वारा नववर्ष २०१० लाई स्वागत गरे


आशफोर्ड लन्डनमा नेपाली बालबच्चाहरुले सृजनाद्वारा नववर्ष २०१० लाई स्वागत गरे
आशफोर्ड लन्डनमा डिसेम्बर ३१, २००९ का दिन दशजना नेपाली बालबच्चाहरुले कथालेखनसम्बन्धी कार्याशाला गोष्ठीमा भाग लिएर नववर्ष २०१०-शुभागमनको उत्सव मनाए । सबै बालबालिकाहरुले एकएकवटा कथा लेखी वाचनसमेत गरेका थिए । श्री रामकुमार श्रेष्ठद्वारा संयोजित यस कार्यशाला गोष्ठीमा डा. कविताराम श्रेष्ठले कथालेखन विधिबारे प्रशिक्षण दिनुभएको थियो र वालवालिकाहरुका संरक्षकहरु समेतले पर्यवेक्षण गरेका थिए ।
--> Read more...

Tuesday 5 January 2010

संघिय लिम्बुवान राज्य परिषदको हङ्गकङ्ग प्रवास कार्य समीति गठन


हङ्कङ्, अव वन्ने नेपालको संघिय स्वायत्त राज्यहरुमा लिम्बुवान पनि एउटा विशिष्ट स्वायत्त राज्य हुनु पर्ने र त्यसको भौगोलिक सिमाना ऐतिहासिक दस्तावेज तथा प्रमाणहरुको आधारमा नेपालको संखुवा खोला - अरुण - सप्तकोशी नदीपूर्वको नौंवटा जिल्लाहरु हुनु पर्छ भन्ने दृढ संकल्पका साथ संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषदको हङ्गकङ्ग प्रवास कार्य समीति गठन भएको छ । ३ जनुवरी २०१० का दिन याउमातेइ, काउलून स्थित हङ्गकङ्ग वर्कस युनियनको सभा कक्षमा एक कार्यक्रम गरी गठन गरिएको हो । सो कार्यक्रममा श्री नवराज काम्वाङ्ग लिम्बुलाई निर्विरोध अध्यक्षमा चयन गरिएको छ । त्यस्तै उपाध्यक्षमा श्री विष्णु इङ्नाम, सचिवमा श्री श्याम.इङ्नाम, अर्थ सचिवमा श्री एच वाइ थाम्सुहाङ्ग, सदस्यहरुमा क्रमश हेम लावती, गज वहादुर काम्वाङ्ग, मन प्रसाद आङ्देम्वे, कुल वहादुर मादेम्वा, लाल वहादुर लिम्बु, वम वहादुर काम्वाङ्ग, प्रेम वेघा, श्री प्रसाद योङ्गहाङ्ग र डम्बर कुमार काम्बाङ्ग चुनिएका छन् । सो गठन पश्चात संघिय लिम्बुवान राज्य परिषदको भात्रृ संगठन संघिय लिम्बुवान गोर्खा भु.पु सैनिक तथा सिंगापुर प्रहरी परिषद गठनको लागि मन प्रसाद आङ्देम्वेलाई प्रमूख तथा संयोजकको जिम्वेवारी तोकिएको छ । सलिराप हङ्गकङ्ग प्रवास कार्य समीतिले निकट भविश्यमा नै सल्लाहकार समीति र हङ्गकङ्गको विभिन्न क्षेत्रमा इलाका कार्य समीतिहरु गठनको लागि पहल गर्ने वुभिएको छ । संघिय लिम्बुवान राज्य परिषद नेपालको हङ्गकङ्गमा कार्य समीति ढिलै गठन भए पनि अन्य देशहरु वेलायत, मल्लेशिया, गल्फ कन्ट्रीहरु र अन्य देशहरुमा पहिले नै गठन भइसकेको समाचार छ ।
--> Read more...

माओवादीको चौथो चरणको आन्दोलनका कार्यक्रमको पूर्ण विवरण


एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी
केन्द्रीय समिित
प्रेस विज्ञप्ति
एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को केन्द्रीय समितिको आकस्मिक बैठकद्वारा पारित चौथो चरणको सङ्घर्षको कार्यक्रम-· बुकटलेट, पर्चा वितरण, पोष्टरिङ्ग, भित्तै लेखन, अन्तरक्रियासमेत पौष १०-२५ गतेसम्म· अन्तरक्रिया कार्यक्रम: पौष २१-२६· काठमाडौं - २३ गते -क. प्रचण्ड· पोखरा - २४ गते - क. देव गुरूङ· विराटनगर - २५ गते क. बाबुराम भट्टराई· धनगढी - २५ गते - क. लीलामणि पोख्रेल · जनकपुर - २५ गते - क. सीपी गजुरेल· नेपालगञ्ज - २६ गते - क. नारायणकाजी श्रेष्ठ 'प्रकाश'· बुटवल - २६ गते रामबहादुर थापा 'बादल'पौष ३० गते १९५० लगायतका असमान सन्धी सम्झौताहरू देशव्यापी रूपमा जलाउनेपौष २५ - माघ १० अभियानात्मक कार्याक्रमहरू - जस्तै: प्रचार सामग्री वितरण, भित्तेलेखन, सांस्कृतिक कार्यक्रम, साहित्यिक कार्यक्रम, र्याली, मार्च, पत्रकार सम्मेलन, सीमा प्रभावित क्षेत्र अवलोकन, सभा, कोणसभा आदि । संयुक्त सभा माघ ५-१० · माघ ५ गते कोचिलांमिथिला - क. नारायणकाजी श्रेष्ठ 'प्रकाश'· माघ ६ गते लिम्बुवानंकिरातंशेर्पा - क. सीपी गजुरेल· माघ ७ गते भोजपुरांनारायणींअवध- क।रामबहादुर थापा 'बादल'· माघ ७ गते थारुवानंसेती-महाकालींभेरी-कणर्ालींभोटे लामा - क. पोष्टबहादुर बोगटी 'दिवाकार'· माघ ७ गते तमुवानं मगरात - क.बाबुराम भट्टराई· माघ १० गते नेवां ताम्सालिङ - क. प्रचण्डपौष २७ गते अतिक्रमित सीमा क्षेत्र भ्रमण तथा सभा· महाकाली - क. प्रचण्ड· पशुपतिनगर - क. किरण· सुस्ता - क. बाबुराम भट्टराई· लक्ष्मणपुर बाँध - क. नारायणकाजी श्रेष्ठ 'प्रकाश'· खुर्दलोटन बाँध - क. रामबहादुर थापा 'बादल'पौष २१ देखि माघ १० सम्म देशव्यापी राष्ट्रघाती, दलाल, अपराधी तथा भ्रष्ट तत्वहरूको भण्डाफोर कार्यक्रममाघ ५ गते भारतीय दुतावास र सिंहदरबार अगाडि विरोध प्रदर्शन नाराहरू पार्टीको मूल कार्यनीतिलाई केन्द्रमा राख्दै तत्कालीन कार्यनीतिक शृङ्खला यसप्रकार रहने छ:राष्ट्रिय स्वाधीनता, नागरिक सर्वोच्चता, शान्ति, नयाँ संविधान र राष्ट्रिय संयुक्त सरकार । त्यसका आधारमा निम्न नाराहरू निश्चित गरिएका छन्:मूल नाराहरू:सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरू एकजुट होऔं !
राष्ट्रिय स्वाधीनताको रक्षा गरौं !!
अन्य नाराहरू:राष्ट्रपतिको असंवैधानिक कदम खारेज गर !!नागरिक सर्वोच्चता कायम गर !प्रतिक्रान्तिकारी षडयन्त्रलाई बन्द गर !!
शान्ति र नयाँ संविधान निर्माण सुनिश्चित गर !
सम्पूर्ण वामपन्थी, देशभक्त तथा गणतन्त्रवादी शक्तिहरू एकजुट होऔ !!
प्रतिक्रान्तिको षडयन्त्रलाई असफल पारौं !
सम्पूर्ण वामपन्थी, देशभक्त तथा गणतन्त्रवादी शक्तिहरूको संयुक्त मोर्चा निर्माण गरौं !!
राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, नागरिक सर्वोच्चता कायम गरौं, शान्ति र अग्रगामी नयाँ संविधान सुनिश्चित गरौं !
जनताको संघीय गणतन्त्र- जिन्दावाद !!
सन् १९५० को सन्धिलगायत सम्पूर्ण असमान सन्धि, सम्झौताहरू खारेज गर !
सीमा अतिक्रमण बन्द गर, अतिक्रमित भूभाग फिर्ता गर !!
भारतीय सेना- नेपाली भूमि छोड !
भारतीय विस्तारवाद- मुर्दावाद !!
स्वायत्त गणराज्यहरू एक होऔं !
आन्तरिक राष्ट्रिय एकता सुदृढ पारौं !!
राष्ट्रिय स्वाधीनताको रक्षा गरौं !
राष्ट्रघाती, दलाल, भ्रष्ट तथा अपराधी तत्त्वहरूको भण्डाफोर गरौं !!
बढ्दो महँगी नियन्त्रण गर !
भ्रष्टाचारीहरूलाई कार्वाही गर !!
--> Read more...

जापानको सुन्द नगरी टोयोटा शिमा भब्यताका साथमा प्रिती भोज सम्पन्न


जापानको आइचिकेन स्थित सुन्दर नगरी टोयोटा शीको आर्केदिया भवनमा यही गत आइतबार एक भब्य कार्यक्रमका बीच खोटाङ निबासी श्री भुवन राइ र सतिस्धन ७ झापाकी सुश्री रितु लिम्बु (नेयोङ्हाङ )को प्रिती भोज सम्पन्न भएको छ बुवा काशी राइ र आमा लक्ष्मी राइको कोखबाट पुर्बी पहाडी जिल्लामा जन्मनु भई काठमाडौं मा स्थाइ बसोबाश गर्दै आउनु भएका राइ हाल
जापानको चिबा युनिभरसिटी मा हर्तिकल्कर बिशयमा बिद्याबारिधी गर्दै हुनुहुन्छ भने ,बुवा दिल बहादुर लिम्बु (नेयोङ्हाङ )र आमा धन माया लिम्बु (नेयोङ्हाङ )को कोख बाट सतिसधन ७ झापामा जन्मनु भई ललितपुर सातदोबाटो स्थाइ बसोबास गर्दै आउनु भएका सुश्री रितु लिम्बु दुई दाजु हरुका साथ हाल आइचिकेन को निशिओ सहरमा कार्यरत हुनुहुन्छ वहाँहरुको नव दाम्पत्य जीवनको पूर्ण सफलता र उत्तोतर प्रगतीको कामना बिभिन्न गर्न अर्केदिया को खचाखच हलमा शेर्पा संघ जापानका पासाङ सेर्पा ,तमुधिका डमर बहादुर गुरुङ ,थकाली सेवा समितिका सन्देश सेरचन ,सुर्य लिम्बु ,मगर सेवा समितीका ज्ञान पुन मगर ,आदिबासी जनजाती महासंघ का सुर्य तमाङ ज्युले पनि नव दाम्पत्य जीवनको पूर्ण सफलता अनी उत्तोतरप्रगतीको हार्दिक कामना ब्यक्त गर्नु भएको थियो भने राज थापा मगर ज्युले लिम्बु धर्म ,सास्क्रिती र परम्परा अन्तर्गतको मुधुम ,धननाच र फेदामाको बारेमा प्रकाश पार्नु भएको थियो बेहुला भुवन राइ ज्युको टोस्त तथा खाम्पाइ संगै जलपान तथा सास्क्रिति कार्यक्रममा प्रबेश गरेको उक्त प्रिती भोज सौहाद्रपुर्ण बाताबरणमा साझको ९ बजे सम्म चलेको थियो
-- तारा राना मगरनागोया जापान ।
--> Read more...

तीन दलका नेता भए एकै ठाउँमा


राजनैतिक गतिरोध बढ्दै जाँदा प्रमुख तीन दलका शीर्ष नेताहरु एकै स्थानमा भेला भएका छन् ।
लामो समयपछिको संबाद हिनतालाई तोड्दै तीन दलका नेताहरु एकै ठाउँमा भेला भएका हुन् ।
राजनीतिक गतिरोध अन्त्यको उपाय खोज्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको हो ।होटल अन्नपूर्णमा तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री माधवकुमार नेपालसहित तीन ठूला दलका शीर्ष नेताहरुको सहभागिता रहेको थियो । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई र नेता देव गुरुङ, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला तथा एमाले अध्यक्ष झलनाथ खनाल, गृहमन्त्री भीम रावल र नेता प्रदीप ज्ञवाली सहभागी रहेका थियो ।
बैठकमा वर्तमान गतिरोध अन्त्यलाई प्रमुख बिषय बनाईएको छ ।
--> Read more...

Monday 4 January 2010

वल्लो किरात स्वायत्त प्रदेशको माग

विभिन्न समुदायले विभिन्न प्रदेशहरुको माग गरिरहेका बेला वल्लो किरात स्वायत्त प्रदेशको समेत माग गर्न थालिएको छ ।
पुर्वमा दुधकोसी, दक्षिणमा भोटेकोसी, उत्तरमा हिमालसम्मको पुर्वमा दुधकोसी, दक्षिणमा भोटेकोसी, उत्तरमा हिमालसम्मको भुभागलाई वल्लो किरात स्वायत्त प्रदेश बनाउन माग गर्दै सभासद दालकुमारी सुनुवारको नेत्रित्वमा जाने टोलीले आज सभामुख सुवासचन्द्र नेम्बाङलाई ज्ञापनपत्र बुझाउदै छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा विहान साढे ११ बजे ज्ञापनपत्र बुझाउने सभासद सुनुवारले जानकारी दिनुभयो । वल्लो किरातमा रामेछाप, दोलखा ओखलढुङ्गा, सिन्धुली, उदयपुर लगायतका जिल्लाहरुलाई समावेश गर्न माग गरिएको छ ।
--> Read more...

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika